अपडेट
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सोमबार, २६ माघ २०८२, १० : ५२
सारांश
- सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले वृद्धि भई ३ लाख ४ हजार ६ सय रुपैयाँ पुग्यो।
- आइतबार सुन प्रति तोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।
- चाँदीको मूल्य पनि बढेर तोलामा ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ, अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्य बढेको हो।
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको हो।
अघिल्लो दिन आइतबार छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि बढेर तोलामा ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ। आइतबार चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण