५१औँ दिन मनाएको ‘झरी पछिको इन्द्रेणी’ को कमाई १ करोड २९ लाख !
सारांश
- फिल्म 'झरी पछिको इन्द्रेणी' ले ५१औं दिन मनायो, तर आम्दानी १ करोड २९ लाख मात्रै रह्यो।
- स्वर्गीय पत्रकार दिनेश सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना गरियो, जसको सुरुवात १० लाख रुपैयाँबाट भयो।
- अर्जुन घिमिरे निर्देशित फिल्ममा गणेश उप्रेतीको ९ वर्षपछि पुनरागमन, पारिवारिक कथावस्तु प्रस्तुत छ।
काठमाडौँ । प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको फिल्म हो ‘झरी पछिको इन्द्रेणी’ । शनिबार निर्माण युनिटले एक कार्यक्रम गर्दै फिल्मले केही हलमा ५१औं दिन मनाएको भन्दै खुसी आटेको थियो । कार्यक्रममा स्व.पत्रकार दिनेश सिटौलाको स्मृतिमा अक्षय कोष स्थापनामा समेत गरियो । कोषको सुरुवात १० लाख रुपैयाँबाट गरिएको छ ।
५१औँ दिन मनाएको फिल्मको आम्दानी भने न्यून छ । फिल्मले अहिलेसम्म १ करोड २९ लाख ५५ हजार ११९ मात्र कमाएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा शनिबारसम्मको फिल्मको ग्रस कलेक्सन यति देखिएको हो । यो अवधिमा फिल्मको टिकट ४० हजार ८९९ वटा बिक्री भएको छ ।
क्युएफएक्समा जम्मा ५ शो मात्र पाएकोले फिल्मले थोरै आम्दानी गरेको निर्माण युनिटले बताएकाे छ ।
अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्ममा सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक सङ्घर्षको कथा छ । फिल्ममार्फत अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेका हुन् ।
फिल्ममा गणेशका अलावा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय छ ।
फिल्ममार्फत नवकलाकार विमोञ्चम दवाडी र जेसिका पोखरेल नेपाली रजतपटमा डेब्यु गरेका छन् । अनिसा सेन्दाङ लिम्बू निर्माता रहेको फिल्मको सह निर्मातामा अनु थापा, पङ्कज खड्का, राम कार्की, सृजना खड्का र सुवास शर्मा छन् । फिल्म पुस ४ गतेबाट देशभर प्रदर्शनमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण