ओमानद्वारा जिम्बावेलाई १०४ रनको सामान्य लक्ष्य
सोमबार, २६ माघ २०८२, १७ : ००
सारांश
- ओमानले टी-२० विश्वकप क्रिकेटमा जिम्बावेलाई १०४ रनको लक्ष्य दिएको छ।
- ओमानले पहिले ब्याटिङ गर्दै १९ ओभर ५ बलमा १०३ रन बनाएको थियो।
- ओमानका लागि विनायक शुक्लाले २८ रन बनाए भने जिम्बावेका रिचर्ड नागरावा, आशीर्वाद मुजरबानी र ब्राड इभान्सले ३-३ विकेट लिए।
काठमाडौँ । ओमान राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा जिम्बावेलाई १०४ रनको लक्ष्य दिएको छ । सिंहली स्पोर्टस् क्लब मैदान, कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १०३ रन बनायो ।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक २८ रनको योगदान गरे । त्यस्तै शैफुन मोहम्मदले २५ रन बनाउँदा लमिन खानले २० रन बनाउन बाहेक त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जिम्बावेका लागि रिचर्ड नागरावा, आशीर्वाद मुजरबानी र ब्राड इभान्सले समान तीन–तीन विकेट लिँदा शिकन्दर राजाले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै दुवै टोली प्रतियोगितामा आफूलाई अघिल्लो चरणका लागि बलियो बनाउने योजनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण