घोषणापत्रलाई अन्तिम रूप दिन नेकपाले बोलायो बैठक
मङ्गलबार, २७ माघ २०८२, १३ : १८
सारांश
- नेकपाले चुनावी घोषणापत्रलाई अन्तिम रूप दिन बैठक बोलाएको छ।
- पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको छ।
- निर्वाचनका लागि अब २३ दिन मात्र बाँकी रहेको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावी घोषणपत्रलाई अन्तिम रूप दिन बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको नेता प्रमेश हमालले जानकारी दिए ।
उनका अनुसार निर्वाचन परिचालन कमिटीको सचिवालय बैठक बसेर घोषणापत्रलाई अन्तिम रूप दिने तयारी छ । ‘आज घोषणापत्रका हाइलाइट्समात्र सार्वजनिक गर्छौँ’, हमालले भने, ‘त्यसपछि छपाइमा पठाएर एक दुई दिनमा पूर्ण घोषणापत्र सार्वजनिक हुन्छ ।’
फागुन २१ मा हुने मतदानका लागि अव २३ दिन मात्र बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण