इन्जुरी समयमा बेन्जामिनको गोलले हारबाट जोगायो युनाइटेड
बुधबार, २८ माघ २०८२, ०४ : ३०
सारांश
- म्यानचेस्टर युनाइटेड र वेस्ट हामबीचको खेल १-१ को बराबरीमा टुङ्गियो।
- वेस्ट हामले सुरुमा अग्रता लिए पनि, बेन्जामिन सेस्कोले इन्जुरी समयमा गोल गरे।
- बराबरीपछि म्यानचेस्टर युनाइटेडले ४५ अंक बनाउँदै लिगको चौथो स्थान सुरक्षित गर्यो।
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट हामसँग १–१ को बराबरी खेल्दै एक अंक सुरक्षित गरेको छ।
घरेलु मैदानमा खेलेको वेस्ट हामले खेलको ५०औँ मिनेटमा टोमास सोउचेकको गोलमार्फत अग्रता लिएको थियो । दोस्रो हाफभरि दबाबमा परेको युनाइटेडका लागि खेल कठिन बन्दै गएको थियो । तर खेल सकिन केही सेकेन्ड बाँकी रहँदा, इन्जुरी समयको छैटौँ मिनेटमा बेन्जामिन सेस्कोले महत्त्वपूर्ण गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।
यस बराबरीसँगै म्यानचेस्टर युनाइटेडले २६ खेलबाट ४५ अंक पुर्याएको छ । युनाइटेड हाल लिग तालिकाको चौथो स्थानमा कायम छ । शीर्ष चारमा स्थान जोगाउने लक्ष्यमा रहेको युनाइटेडका लागि सेस्कोको अन्तिम क्षणको गोल निकै महत्त्वपूर्ण साबित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण