बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अभिषेक शर्मा अस्पताल भर्ना, नामिबियाविरुद्धको खेलमा सहभागिता अन्योलमा

बुधबार, २८ माघ २०८२, ०९ : ५१
बुधबार, २८ माघ २०८२

सारांश

  • भारतीय क्रिकेट खेलाडी अभिषेक शर्मा पेटको संक्रमणका कारण अस्पताल भर्ना भएका छन्।
  • नामिबियाविरुद्धको टी-२० विश्वकप खेलअघि उनी अस्वस्थ भएपछि उनको सहभागिता अनिश्चित बनेको छ।
  • जसप्रित बुमराह र वासिङ्टन सुन्दर चोटमुक्त भई टोलीमा फर्किएका छन्।

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका प्रारम्भिक ब्याटर अभिषेक शर्मा पेटको संक्रमणका कारण अस्पताल भर्ना भएका छन्। बिहीबार दिल्लीमा नामिबियाविरुद्ध हुने टी-२० विश्वकपको खेलअघि उनी अस्वस्थ भएपछि टोलीमा उनको सहभागिता अन्योलमा परेको हो। 

पीटीआईका अनुसार अभिषेक विगत दुई दिनदेखि दिल्लीको एक निजी अस्पतालमा उपचाररत छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को स्रोतका अनुसार अभिषेकको स्वास्थ्य समस्या पत्ता लगाउन विभिन्न परीक्षणहरू भइरहेका छन्। 

उनलाई आजै अस्पतालबाट डिस्चार्ज गरिने वा नगरिने भन्नेबारे अझै टुङ्गो लागेको छैन, जसका कारण नामिबियाविरुद्धको खेलमा उनी मैदान उत्रिने सम्भावना निकै न्यून देखिएको छ। यसअघि अमेरिकाविरुद्धको पहिलो खेलमा पहिलो बलमै आउट भएका अभिषेकले उक्त खेलको दोस्रो इनिङ्समा फिल्डिङ समेत गरेका थिएनन्।

भारतीय टोलीका सहायक प्रशिक्षक रायन टेन डोयसकाटेले अभिषेकको पेटमा समस्या रहेको र उनी निको हुने क्रममा रहेको जानकारी दिएका थिए। यदि अभिषेक बिहीबारको खेलका लागि फिट नभएमा भारतले सन्जु सामसनलाई ओपनिङमा उतार्ने सम्भावना छ। 

पछिल्लो समय न्यूजिल्याण्डविरुद्धको शृङ्खलामा राम्रो प्रदर्शन गर्न नसकेपछि सामसनको स्थानमा इशान किशनलाई प्राथमिकता दिइएको थियो। प्रशिक्षक डोयसकाटेले अभिषेकको फिटनेसले नै टोलीको अन्तिम सन्तुलन तय गर्ने बताएका छन्।

भारतीय टोलीका लागि अर्को सुखद खबर भनेको मुख्य तीव्र गतिका बलर जसप्रित बुमराहको पुनरागमन हो। बिरामी भएका कारण अमेरिकाविरुद्धको खेल गुमाएका बुमराहले मंगलबार दिल्लीमा पूर्ण लयमा अभ्यास गरेका छन् र उनी नामिबियाविरुद्ध खेल्न तयार देखिएका छन्। 

त्यस्तै, न्यूजिल्याण्डविरुद्धको खेलका क्रममा घाइते भएका अलराउन्डर वासिङ्टन सुन्दर पनि चोटमुक्त भएर टोलीमा फर्किएका छन्। उनले नेटमा बलिङ र ब्याटिङ दुवैको अभ्यास सुरु गरिसकेका छन्।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप