वरिष्ठ अभिनेता थापाको योगदान भावी पुस्ताको लागि प्रेरणाको स्रोत : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अभिनेता सुनील थापाको निधनले आफू दुःखी भएको बताउँदै चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैँ सम्झिरहने थापाको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् ।
“अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौँ दर्शकको मन जित्न सफल हुनुहुन्थ्यो,उहाँको अभिनयले साङ्गीतिक, क्रान्तिकारी तथा सामाजिक विषयका चलचित्रमा गहिरो प्रभाव पारेको छ”, राष्ट्रपति पौडेलले थापाका परिवारजनलाई बुधबार पठाएको समवेदना सन्देशमा उल्लेख गरिएको छ । उनले थापाको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए।
राष्ट्रपति पौडेलले स्वर्गीय थापाको आत्माको चीरशान्तिको कामनासहित उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।
सो समवेदना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले थापाका परिवारलाई निवासमा पुगेर हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण