दक्षिण सुडानस्थित मिसनमा नेपाली शान्ति सैनिकहरूको अदलीबदली
बुधबार, २८ माघ २०८२, १६ : २२
काठमाडौं । दक्षिण सुडानमा सञ्चालन भइरहेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (यूएनएमिस)मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि फोर्स रिजर्भ बटालियनका रूपमा कार्यरत चण्डीप्रसाद गण (शान्ति सेना) ११औँ डफ्फालाई बदली गर्न गरुडदल गण (शान्ति सेना) १२औँ डफ्फाका १६२ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली मिति २०८२ माघ २८ गते मिसन इलाकातर्फ प्रस्थान गरेको छ।
उक्त मिसनमा आफ्नो कार्यकाल पूरा गरेका १७१ जना नेपाली शान्ति सैनिकहरू सोही दिन स्वदेश फर्किएका छन्।
हाल दक्षिण सुडानस्थित सो मिसनमा नेपाली सेनाका कुल १०६९ जना शान्ति सैनिक कार्यरत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण