सविधान संशोधन गर्नुपर्छ– उपेन्द्र यादव
राजविराज(सप्तरी) । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
प्रेस मञ्च नेपाल सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाईको सरकारको दम्भले राजनीतिक अस्थिरता उत्पन्न गरी देशलाई द्वन्द्वमा फसाएको आरोप लगाए । उनले भने, 'सङ्क्रमणकालीन अवस्थाबाट देशलाई लयमा ल्याउने माध्यम निर्वाचन नै हो, तर निर्वाचनले देशलाई सही मार्ग ल्याए पनि मुलुकको निकासका लागि संविधान संशोधन गर्नुपर्छ ।'
संविधानले ग्यारेन्टी गरेको सङ्घीयता, प्रतिनिधित्व, स्वायत्त र संरक्षित क्षेत्रजस्ता राज्य पुनर्संरचनाको मूलभूत विषयलाई कार्यान्वयन र दिगो व्यवस्थापन गर्नुभन्दा दबाउने दुस्साहसले जनतामा असन्तोष बढेको अध्यक्ष यादवको भनाइ थियो ।
अध्यक्ष यादवले सप्तरी विकासमा अगाडि छ भन्ने सन्देश दिन आफूले अन्य ठाउँ छोडेर यहाँबाट उम्मेदवारी दिएको प्रस्ट्याउँदै बहुदलीय व्यवस्था आएपछि ३० वटा प्रधानमन्त्री फेरिए पनि जिल्लामा कुनै परिवर्तन नदेखिएको भन्दै दुःख व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण