भिजिट भिसा प्रकरण : बिचौलिया खेमप्रसाद सुवेदीलाई २ लाख धरौटीमा छाड्न आदेश
सारांश
- विशेष अदालतले त्रिभुवन विमानस्थल भिजिट भिसा प्रकरणका बिचौलिया खेमप्रसाद सुवेदीलाई २ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
- सुवेदीमाथि तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईसँग मिलेर भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको छ।
- अख्तियारले सुवेदीविरुद्ध ७९ लाख ८० हजार र सम्पत्ति शुद्धीकरणतर्फ १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो।
काठमाडौँ । विशेष अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा लाखौँ रुपैयाँ असुली काण्डका बिचौलिया खेमप्रसाद सुवेदीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुवेदीलाई धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतमा उपस्थित हुने निवेदन दिएर सुवेदी आजै उपस्थित भएका थिए ।
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसमेतको मिलेमतोमा भिजिट भिसाका नाममा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुवेदी विरुद्ध मुद्दा दायर गरेको थियो ।
आयोगले गत २५ मङ्सिरमा सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा प्रतिवादी रहेका भट्टराई यसअघि नै पाँच लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन् । सुवेदीमाथि मुख्य कसुरदार भट्टराईले घुसबापत प्राप्त गरेको रकम लुकाउन र वैध बनाउन सम्पत्ति शुद्धीकरणमा सहयोग गरेको अभियोग छ ।
सुवेदी विरुद्ध ७९ लाख ८० हजार र सम्पत्ति शुद्धीकरणतर्फ १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरी सजायको माग दाबी गरिएको थियो । अनुसन्धानका क्रममा सुवेदीले भक्तपुरको दधिकोटमा रहेको जग्गा तीर्थराज भट्टराईसँग जोडिएकी कविता पौडेलको नाममा पास गराइदिएर अवैध रकम लगानी गर्न सहयोग गरेको पाइएको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण