बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मासिक राशिफल

फागुन महिनामा यी राशिको चम्कनेछ भाग्य, हेर्नुहोस् मासिक राशिफल

शुक्रबार, ०१ फागुन २०८२, ०५ : २८
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • फाल्गुन महिनाको राशिफल अनुसार, मेष राशिका लागि समय उत्तम रहनेछ, राजनीतिक यात्रा र पद प्राप्तिको योग छ।
  • वृष राशिका व्यक्तिहरूले नोकरीमा प्रगति र धन आर्जनको अवसर पाउनेछन्, शत्रु परास्त हुनेछन् र प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्छ।
  • मिथुन राशिका लागि समय फलदायी रहनेछ, तर स्वास्थ्य र सवारी साधनमा सावधानी अपनाउनुपर्नेछ।

२०८२ फाल्गुन महिनाको राशिफल ।

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य र बुध लाभ भावमा । शुक्र १७ गतेसम्म लाभ भावमा र १८ गतेबाट खर्च भावमा । बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र खर्च भावमा । मङ्गल १० गतेसम्म राज्य भावमा र ११ गतेबाट लाभ भवमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन वा विश्लेषण गर्दा यो महिना मेष राशि हुनेहरूका समय उत्तम रहेको छ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी राज्यबाट पद प्राप्तिको योग रहेको छ । पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नोकरीमा प्रवेश पाइने तथा मान सम्मान पाइने योग रहेको छ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । शेयर बजार, उद्योग, निर्माण सामाग्री, स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । प्रेम बन्धनमा भावना साटासाट हुने तथा दाम्पत्य जीवन सुखमय रहनेछ । कर्म प्राप्ति वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । महिनाको दोस्रो साताबाट खर्च भावमा गोचर गर्ने शुक्रले अनावश्यक तथा विलासिताको सामान खरिद गर्न खर्च बढ्नेछ । तर पनि शनिको आद्य साढेसातीको प्रभाव महिनाभर नै पर्ने हुनाले जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । राजनीतिमा जनताले दिने विजय र पराजयको मतलाई स्वीकार गर्दै अगाडी बढ्नु पर्नेछ । यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वृष राशि हुनेहरूका लागी सूर्य र बुध राज्य भावमा । शुक्र १७ गतेसम्म राज्य भावमा र १८ गतेबाट लाभ भावमा । बृहस्पति र शनि क्रमशः धन भावमा र लाभ भावमा । मङ्गल १० गतेसम्म भाग्य भावमा र ११ गतेबाट राज्य भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन वा विश्लेषण गदा राज्य भावमा गोचर गर्ने सूर्य र बुधको शुभ प्रभावले नोकरीमा प्रवेश वा पदोन्नतिको गतिलो योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ । प्रशासनिक तथा सरकारी क्षेत्रमा हुनुहुन्छ भने तपाईँकै वर्चस्व रहनेछ । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाइने हुँदा मन प्रसन्न रहनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । राज्य भावमा र लाभ भावमा शुक्रको शुभ गोचरको कारणले बिलासी सामानको भरपुर प्रयोग गर्न पाइनेछ । शुभ तथा माङ्गलिक काम वा भौतिक सम्पत्ति जोड्ने सवालमा ठुलो धन राशि खर्च हुनेछ । मङ्गल तथा शनिको शुभ प्रभावले शत्रु परास्त हुनेछन् भने पद प्राप्तिको योग रहेको छ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा महिनाभर नै उल्लेख्य मात्रामा वृद्धि हुनेछ । विद्या तथा प्रतिस्पर्धामा विद्यार्थी वर्गहरूले आफ्नो प्रतिस्पर्धीहरूलाई हराउँदै अग्र स्थानमा तपाईँको नाम आउनेछ  । प्रेममा थप सामिप्यता बढ्ने वा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिनेछ । लेखन कला तथा वाणीमा सुधार गर्दै उन्नतिका पाइला अगाडी बढाउन सकिनेछ । प्रविधि वा सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । अग्रज वा दिग्गज व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । काम वा अध्ययनको सिलसिलामा लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिथुन राशि हुनेहरूका लागी सूर्य र बुध भाग्य भावमा । शुक्र १७ गतेसम्म भाग्य भावमा र १८ गतेबाट राज्य भावमा । बृहस्पति र शनि क्रमशः राशिमा र राज्य भावमा । मङ्गल १० गतेसम्म कष्ट भावमा र ११ गतेबाट भाग्य भावमा गोचर गरिरहेका छन् । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । लामो समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ । राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समयले साथ दिने हुनाले आफ्नो कामबाट सन्तुष्ट हुने वा पद प्राप्त हुने योग रहेको छ । सरकारी क्षेत्रका काम गर्नेहरूका लागी बढुवा वा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । बृहस्पति तथा शुक्रको अनुकूल प्रभावले स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । राज्य भावमा शनिको अनुकूल गोचरका कारण कन्स्ट्रक्सन, ठेक्कापट्टा, निर्माण सामाग्री, गाडी इन्जिन, खाद्यान्न तथा गर गहनाका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पत्रकार, स्वदेशी वा विदेशी सामानको आयात निर्यात गर्ने उद्योगी व्यापारी, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।  तर पनि  १०  गतेसम्म मङ्गलको कष्ट भवमा प्रतिकुल गोचरका कारण  घरजग्गा सम्बन्धी विवाद हुने तथा सवारी साधनबाट चोटपटक लाग्ने योग रहेको छ । न्यायसङ्गत काम नगर्दा जेल नेलको यात्रा हुने तथा फन्दामा परिन सकिन्छ ।
  • कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कर्कट राशि हुनेहरूका लागी सूर्य र बुध कष्ट भावमा । शुक्र १७ गतेसम्म कष्ट भावमा र १८ गतेबाट भाग्य भावमा । बृहस्पति र शनि क्रमशः खर्च भावमा र भाग्य भावमा । मङ्गल १० गतेसम्म व्यापार भावमा र ११ गतेबाट कष्ट भावमा गोचर गरिरहेका छन् । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । राजनीतिमा जनताले दिने विजय र पराजयको मतलाई स्वीकार गर्दै अगाडी बढ्नु पर्नेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरूको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ । खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । महिनाको दोस्रो साताबाट कष्ट भावमा मङ्गलको गोचरको कारण शरीरमा घाउ, चोट लाग्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।  तर पनि शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भए पनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदीबहिनीबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ ।  पराक्रम भावमा गोचर गर्ने केतुले भाग्यमा अकस्मात् वृद्धि हुनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुने तथा मित्रबाट आर्थिक सहयोग प्राप्त हुनेछ । धर्म भावमा राहुको गोचरको कारणले अध्ययन वा कामको सवालमा देश वा घर छोडी परदेशको यात्रा गर्नुपर्नेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सिंह राशि हुनेहरूका लागी सूर्य र बुध व्यापार भावमा । शुक्र १७ गतेसम्म व्यापार भावमा र १८ गतेबाट कष्ट भावमा । बृहस्पति र शनि क्रमशः लाभ भावमा र कष्ट भावमा । मङ्गल १० गतेसम्म प्रतिस्पर्धा भावमा र ११ गतेबाट व्यापार भावमा गोचर गरिरहेका छन् । बुध, शुक्र, मङ्गल र बृहस्पतिको अनुकूल गोचरको कारणले अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई किनारा लगाउँदै जीत निकाल्न सकिनेछ । सरकारी जागिरमा प्रवेश वा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । प्रेमलाई विवाह मार्फत घर गृहस्थीमा परिणत गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आंशिक लाभ हुनेछ । उद्योग, शिक्षा, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । धार्मिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । तर पनि व्यापार भावमा गोचर गर्ने सूर्यले घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा बैमानस्यता पैदा हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । धन भावमा केतुको गोचर र कष्ट भावमा राहुको प्रतिकुल गोचरको कारण शरीरमा घाउ खटिरा तथा चोटपटकको सम्भावना रहेको छ । सवारी साधन तथा मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । प्राकृतिक प्रकोपको चपेटामा परिन सकिन्छ ध्यान दिनुहोला । आफन्त तथा कुटुम्बसँग आर्थिक लेनदेनको मुद्दामा फस्न सकिन्छ । महिनाभरि नै शनिको अडैयाको प्रभावले भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । श्रीमान् श्रीमती बिच घरायसी कुरा नमिल्दा सामान्य मनमुटाब  सिर्जना नहोला भन्न सकिन्न । यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।
  • कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कन्या राशि हुनेहरूका लागी सूर्य र बुध प्रतिस्पर्धा भावमा । शुक्र १७ गतेसम्म प्रतिस्पर्धा भावमा र १८ गतेबाट व्यापार भावमा । बृहस्पति र शनि क्रमशः राज्य भावमा र व्यापार भावमा । मङ्गल १० गतेसम्म सन्तान भावमा र ११ गतेबाट प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् । यो महिना कन्या राशि हुनेहरूका लागी समय उत्तम रहेको छ । अधिकांश ग्रहको अनुकूल गोचरका कारण साहसी काम गरेर अरूको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अदालत तथा न्यायालयबाट हुने निर्णयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा अरूलाई पछाडि छोड्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ । लेखन कलाको माध्यमबाट आफ्नो बिचारहरू जनमानसमा लैजान सकिनेछ ।  महिनाभरि नै बृहस्पतिको गोचर राज्य भावमा रहनाले नयाँ कार्य योजना बनाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट थोरै भए पनि आम्दानी गर्न सकिनेछ । पैत्तिक सम्पत्ति र प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन  सकिनेछ । उद्योगी, व्यापारी, राजनीतिकर्मी, समाजसेवी, पत्रकार, मेडिकल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागी समय उत्तम रहेको छ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु हुँदा काम गर्न जोस जाँगर बढेर आउनेछ । तर पनि राहु तथा केतुको गोचर अनुकूल नहुनाले धन सम्पत्ति फस्ने तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न । पति पत्नीबिच घरायसी कुरा नमिल्दा सामान्य मतभेद रहनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तुला राशि हुनेहरूका लागी सूर्य र बुध सन्तान भावमा । शुक्र १७ गतेसम्म सन्तान भावमा र १८ गतेबाट प्रतिस्पर्धा भावमा । बृहस्पति र शनि क्रमशः भाग्य भावमा र प्रतिस्पर्धा भावमा । मङ्गल १० गतेसम्म सुख भावमा र ११ गतेबाट सन्तान भावमा गोचर गरिरहेका छन् । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । खर्च बढ्ने तथा गन्तव्य विहीन यात्राले मानसिक तनाव बढ्नेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्ने हुन सक्छ । सन्तान वा विद्या भावमा सूर्यको प्रभावले अध्ययनमा उतारचढाव आउनेछ । सन्तानसँग वैचारिक मतभेद हुनेछ । पेट, जन्डिस तथा कलेजोसँग सम्बन्धित रोगीहरूका लागी समय मध्यम रहेको छ । भाग्यमा अवरोध तथा अपरेसन बिग्रने प्रबल सम्भावना रहन्छ । घरजग्गाको कारोबारमा मन्दीको सामना गर्नु पर्नेछ ।तर पनि बुध, शुक्र र बृहस्पतिको अनुकूल प्रभावले लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिठ्ठा प्राप्तिको गतिलो योग रहेको छ । शेयर बजार, बैक तथा वित्तीय क्षेत्रबाट केही मात्रामा लाभ लिन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । खाद्यान्न, बिलासी सामान, निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) वृश्चिक राशि हुनेहरूका लागी सूर्य र बुध सुख भावमा । शुक्र १७ गतेसम्म सुख भावमा र १८ गतेबाट सन्तान भावमा । बृहस्पति र शनि क्रमशः कष्ट भावमा र सन्तान भावमा । मङ्गल १० गतेसम्म पराक्रम भावमा र ११ गतेबाट सुख भावमा गोचर गरिरहेका छन् । सुख भावमा महिनाभर सूर्यको प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । छाती सम्बन्धी, श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ भने जनताको मतलाई स्वीकार गरी अगाडी बढ्नु पर्ने बाध्यता आउनेछ । कष्ट भावमा बृहस्पतिको प्रतिकुल गोचरका कारण उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । सवारी साधनमा बारम्बार आउने समस्याले दिग्दार बनाउनेछ । यात्रा गर्दा दुर्घटना हुने प्रबल सम्भावना रहेको छ ध्यान दिनुहोला । सन्तान भावमा शनिको गोचरले सन्तानसँग मतभेद बढ्ने तथा सन्तानसँग टाढिनु पर्दा मन खिन्न हुनेछ । तर पनि बुध, शुक्रको अनुकूल प्रभावले लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिठ्ठा प्राप्तिको गतिलो योग रहेको छ । शेयर बजार, बैक तथा वित्तीय क्षेत्रबाट केही मात्रामा लाभ लिन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । महिनाको पहिलो सातासम्म पराक्रम भावमा गोचर गर्ने मङ्गलले दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा कलकारखानाबाट नाफा कमाउन सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशि हुनेहरूका लागी सूर्य र बुध पराक्रम भावमा । शुक्र १७ गतेसम्म पराक्रम भावमा र १८ गतेबाट सुख भावमा । बृहस्पति र शनि क्रमशः व्यापार भावमा र सुख  भावमा । मङ्गल १० गतेसम्म धन भावमा र ११ गतेबाट पराक्रम भावमा गोचर गरिरहेका छन् ।माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धनु राशि हुनेहरूका लागी दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीमा सन्तोषजनक नाफा हुनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । ठेक्कापट्टा, प्राकृतिक स्रोत साधनको प्रयोग, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ भने पद प्राप्तिको योग रहेको छ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । अरूलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । साहसी क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिस, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागि समय फलदायी रहनेछ । तर पनि अढैया शनिको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । व्यापार भावमा केतुको प्रभावले व्यापारमा सामान्य मन्दी आउनेछ । श्रीमान् श्रीमती बिच घरायसी कुरा नमिल्दा सामान्य मनमुटाब  सिर्जना नहोला भन्न सकिन्न । यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मकर राशि हुनेहरूका लागी सूर्य र बुध धन भावमा । शुक्र १७ गतेसम्म धन भावमा र १८ गतेबाट पराक्रम भावमा । बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा भावमा र पराक्रम भावमा । मंगल १० गतेसम्म राशिमा र ११ गतेबाट धन भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । राजनीतिमा जनताको आलोचना हुने तथा पद प्राप्तिको योग टरेर जानेछ । टाउको, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । प्रतिस्पर्धा भावमा बृहस्पतिको प्रतिकुल गोचरको कारण खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ ।  खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । तर पनि शुक्र, बुध, शनि तथा मंगलको अनुकूल प्रभावले न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिस, पत्रकार, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।  प्राकृतिक स्रोत साधनको प्रयोग, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । ठेक्कापट्टा, कन्स्ट्रक्सन, निर्माण सामाग्री, औषधीजन्य सामान तथा अटोपार्टसको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुम्भ राशि हुनेहरूका लागी सूर्य र बुध राशिमा । शुक्र १७ गतेसम्म राशिमा र १८ गतेबाट धन भावमा । बृहस्पति र शनि क्रमशः सन्तान भावमा र धन भावमा । मंगल १० गतेसम्म खर्च र ११ गतेबाट राशिमा गोचर गरिरहेका छन् । राशि वा शिरमा सूर्यको प्रतिकुल प्रभाव रहने हुनाले उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, दाँत, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाइनेछ । राजनीतिमा जनताको मतलाई स्वीकार गर्नुपर्ने बाध्यता आउनेछ । शनिको अन्य साढेसातीको प्रभाव महिना भर नै रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । श्रीमान् श्रीमती बिच घरायसी कुरा नमिल्दा सामान्य मनमुटाब  सिर्जना नहोला भन्न सकिन्न । दुर्घटना तथा चोटपटकको योग रहेको छ । तर पनि अन्य ग्रहको अनुकूल प्रभावले शिक्षा क्षेत्रमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ । होटल, रिसोर्ट तथा शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आम्दानी गर्न सकिनेछ । औषधी, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । प्रेमलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिई आम्दानी बढाउन  सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीन राशि हुनेहरूका लागी सूर्य र बुध खर्च । शुक्र १७ गतेसम्म खर्च भावमा र १८ गतेबाट राशिमा । बृहस्पति र शनि क्रमशः सुख भावमा र राशिमा । मंगल १० गतेसम्म लाभ र ११ गतेबाट खर्च भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा मीन राशि हुनेहरूका लागी व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले औषधी उपचार खर्च बढ्नेछ । राज्यको नजिक रही काम गर्नेहरूले काममा ढिलासुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । राजनीतिमा पद पाउन निकै नै मेहनत गर्नु पर्नेछ । महिनाको दोस्रो साताबाट मंगलको प्रतिकुल गोचरको कारण सवारी साधनमा क्षति तथा आफन्तमा मतभेद गराउनेछ । शनिको मध्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न ।तर पनि बुध,शुक्र र बृहस्पतिको अनुकूल प्रभावले ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले साथ दिने हुनाले सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । औद्योगिक क्षेत्र, शेयर बजार तथा व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप