शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रुकुमका राप्रपा नेता खत्री कांग्रेसमा प्रवेश

शुक्रबार, ०१ फागुन २०८२, १४ : ४५
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयरका उम्मेदवार कालीबहादुर खत्री नेपाली कांग्रेसमा प्रवेश गरे।
  • कांग्रेसका नेताहरूले खत्रीलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरे।
  • खत्रीले लोकतन्त्रको सुदृढीकरण र विकासका लागि कांग्रेसमा सक्रिय रहने प्रतिबद्धता जनाए।

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयरका उम्मेदवार कालीबहादुर खत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेयरका उम्मेदवार भएका खत्री उक्त पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेको कांग्रेस चौरजहारी नगरपालिका–७ का वडा सभापति खेमप्रकाश शर्माले दिएका छन् ।

मतदाता भेटघाट तथा घरदैलो अभियानका क्रममा कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजु केसी र कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री गोपालजीजंग शाहले खत्रीलाई टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

चौरजहारी नगरपालिका–७ नार्जी खत्रीगाउँ निवासी ७४ वर्षीय खत्रीले अबदेखि कांग्रेसमै आबद्ध भएर पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘देशमा लोकतन्त्रको सुदृढीकरण, विकास र स्थायित्वका लागि नेपाली कांग्रेस नै सक्षम शक्ति हो भन्ने निष्कर्षमा पुगेको छु । अब म कांग्रेसको सिद्धान्त र नेतृत्वसँगै अघि बढ्नेछु र पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्नेछु ।’ 

साथै उनले भ्रष्टाचारविरुद्ध सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता जनाउँदै विगतमा सत्तामा रहँदा भएका अनियमितताहरूको छानबिन हुनुपर्ने धारणासमेत व्यक्त गरे । गाउँघरमै बसेर भए पनि आफू भ्रष्टाचारविरुद्ध आवाज उठाइरहनेसमेत बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप