आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध
रूपन्देही । रूपन्देही जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आज सूचना जारी गरी सम्पूर्ण दल एवं प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई आचारसंहिता विपरीतका गतिविधि नगर्न नगराउन अनुरोध गरेको छ ।
सूचनामा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा निर्वाचन आचारसंहिता, २०८२ जारी भई लागू भइसकेको अवस्था विभिन्न दल एवं प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिता विपरीतका विभिन्न गतिविधिहरू भइरहेको गुनासो प्राप्त हुन आएकाले निर्वाचन आचारसंहिता २०८२, विपरीतका गतिविधि नगर्न नगराउन ध्यानाकर्षण गराइएको छ ।
सूचनामा आगामी फागुन ४ गतेदेखि हुने विभिन्न कार्यक्रममा (जुलुस, आमसभा, कोणसभा, भेला जस्ता कार्यक्रम) निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।
सूचनामा राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि कार्यक्रम गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई कार्यक्रमको मिति, समय, मार्ग र स्थानका सम्बन्धमा जानकारी गराउनुहुन साथै स्थानीय प्रशासनको पूर्व स्वीकृति लिएर मात्र त्यस्ता खालका कार्यक्रम गर्नु गराउनुहुन अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण