युक्रेन, रुस र अमेरिका बिचकाे त्रिपक्षीय वार्ता जेनेभामा हुने
सारांश
- युक्रेन, अमेरिका र रुसबीचको त्रिपक्षीय वार्ता फेब्रुअरी १७-१८ मा जेनेभामा हुने भएको छ।
- वार्तामा रुसको प्रतिनिधित्व राष्ट्रपति सल्लाहकार भ्लादिमिर मेदिन्स्कीले गर्नेछन्।
- युक्रेनले वार्ताको मुख्य उद्देश्य स्थायी शान्ति सुनिश्चित गर्नु रहेको जनाएको छ।
काठमाडाैँ । युक्रेन, अमेरिका र रुसबिचको अर्को त्रिपक्षीय वार्ता फेब्रुअरी १७–१८ मा जेनेभामा आयोजना हुने भएको छ । शनिबार क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कभले साे कुराकाे जानकारी दिएका हुन् ।
रुसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सल्लाहकार भ्लादिमिर मेदिन्स्की गर्नेछन् ।
युक्रेनका मुख्य वार्ताकार रुस्तेम उमेरोभले सामाजिक सञ्जालमा जानकारी दिँदै भनेका छन्, "युक्रेनी टोली पूर्ण रूपमा गठन भइसकेको छ र यसमा सैन्य, राजनीतिक र सुरक्षा पक्षहरू समावेश छन्।" उनले वार्ताको मुख्य उद्देश्य स्थायी र दिर्घकालीन शान्ति सुनिश्चित गर्नु रहेको स्पष्ट पारेका छन् ।
तीन देशबिचको सुरक्षा सम्बन्धी पहिलो त्रिपक्षीय परामर्श जनवरी २३–२४ मा अबूधाबीमा सम्पन्न भएको थियो, जहाँ रुसको प्रतिनिधिमण्डलको नेतृत्व सैन्य खुफिया प्रमुख इगोर कोस्ट्युकोभले गरेका थिए ।
दोस्रो चरणको वार्ता फेब्रुअरी ४–५ मा अबूधाबीमा सम्पन्न भएको थियो । त्यसपछि अमेरिकी विशेष दूतले रुस र युक्रेनबिच ३१४ युद्धबन्दीको आदानप्रदानमा सहमति भएको जानकारी दिएका थिए ।
यस नयाँ चरणको वार्ता द्वन्द्व अन्त्य र शान्तिपूर्ण समाधानतर्फको सकारात्मक र महत्त्वपूर्ण पहलको रूपमा हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण