कहिल्यै नेपाल बन्द नगर्ने राप्रपाको घोषणा
सारांश
- राप्रपाले चुनावी घोषणापत्रमार्फत नेपाल बन्द नगर्ने घोषणा गरेको छ।
- पार्टीले बन्द र हड्तालले आर्थिक विकासमा अवरोध पुर्याउने निष्कर्ष निकालेको छ।
- राप्रपाले स्वास्थ्य, हवाई सेवा लगायतका अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नदिने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी संकल्प पत्रमार्फत आगामी दिनमा कहिल्यै 'नेपाल बन्द' नगर्ने घोषणा गरेको छ।
'नेपाल बन्द सधैँका लागि बन्द' भन्ने दृढ संकल्पका साथ पार्टीले बन्द र हड्तालको संस्कृतिले मुलुकको आर्थिक विकासमा गम्भीर अवरोध पुर्याउनुका साथै सर्वसाधारणको जनजीवनलाई अत्यन्तै कष्टकर बनाएको निष्कर्ष निकालेको छ।
राप्रपाले आन्दोलनका नाममा सर्वसाधारणको घरको चुलो बल्न समेत कठिन हुने अवस्था सिर्जना नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विशेष गरी स्वास्थ्य, हवाई सेवा, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानी र वितरण जस्ता अत्यावश्यक औद्योगिक क्षेत्रमा हुने हड्ताललाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने नीति पार्टीले अघि सारेको अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार आयोजित चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रममा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण