आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

लोकप्रियतावादले स्थायित्व र सुशासनमा नकारात्मक असर पार्छ : एमाले

शनिबार, ०२ फागुन २०८२, १६ : ०८
शनिबार, ०२ फागुन २०८२

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्रका आधारमा समान अवसरसहित न्यायपूर्ण समाज निर्माणलाई केन्द्रमा राखेको बताएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकारसँग आयोजित छलफलमा पार्टींका निर्वाचन संयोजक मीनबहादुर शाहीले राजनीतिमा देखा पर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले यसले स्थायित्व र सुशासनमा नकारात्मक असर पार्ने बताए ।

संयोजक शाहीले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगारीका पर्याप्त सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको बताउँदै सबै पेसाकर्मी, विदेशमा रहेका नेपाली तथा युवा शक्तिलाई एमालेसँग सहकार्य गर्न अनुरोध पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप