जनताको आकर्षण हामीतिर छः उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपटकको निर्वाचनमा जनताको समर्थन आफूहरुलाई बढेको दाबी गरेका छन् । राष्ट्रिय प्रेस क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विगतको निर्वाचनको तुलनामा यसपटक जसपा नेपालको लागि अनुकूल वातावरण भएको दाबी गरेका हुन् ।
पार्टी एकीकरणपछि संगठन बलियो भएकोले जनसमर्थन बढेको उनको भनाइ छ । उनकाअनुसार राजनीतिमा मुख्य कुरा मुद्दा, विचार र सिद्धान्त हो । राष्ट्रिय तथा स्थानीय मुद्दामा आफूहरु स्पष्ट रहेको र ती मुद्दा लिएर जनताबीच गएको उनले बताए ।
सोही कारण विगतको तुलनामा अहिले जनताको आकर्षण आफ्नो पार्टीतर्फ बढेको उनको जिकिर छ । उनले आफूहरुले सधै जनताका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने गरेको उल्लेख गरे । उनले हाल नेपालमा नयाँ र पुराना पुस्ताबीचको लडाँई सिर्जना गर्न खोजिएको पनि आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण