कैलालीमा अनुहार जलाइएको अवस्थामा युवतीको शव फेला
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–१, तल्लोपानीस्थित सामुदायिक वनमा एक युवतीको बीभत्स अवस्थामा शव फेला परेको छ ।
शनिबार दिउँसो स्थानीय नवप्रगतिशील सामुदायिक वनभित्र अन्दाजी २७ वर्षीया युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी नरेन्द्र चन्दका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन । युवतीको अनुहार जलाइएको अवस्थामा भेटिएकाले पहिचान गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक प्रकृति हेर्दा हत्या गरेर शव फालिएको हुनसक्ने आशंका गरिएको छ । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक डीएसपी रमेशदत्त अवस्थीको नेतृत्वमा विशेष टोली घटनास्थल खटिएको छ ।
अनुसन्धानलाई प्रभावकारी बनाउन धनगढीबाट तालिमप्राप्त कुकुर समेत मगाइएको छ ।
यसका साथै जिल्ला प्रहरी कार्यालय कैलालीबाट समेत छुट्टै विशेष टोली परिचालन गरी घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिएको एसपी चन्दले जानकारी दिए । प्रहरीले हाल शवको पहिचान गर्ने र घटनामा संलग्नको खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण