बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फुटबल

एफए कप चौथो चरणमा लिभरपुल विजयी, ब्राइटन ३–० ले पराजित

आइतबार, ०३ फागुन २०८२, ०५ : ०३
आइतबार, ०३ फागुन २०८२

सारांश

  • एफए कपमा लिभरपुलले ब्राइटनलाई ३-० ले पराजित गर्दै अर्को चरणमा प्रवेश गर्यो।
  • कर्टिस जोन्स, डोमिनिक सोबोस्लाइ र मोहम्मद सलाहले गोल गरेर लिभरपुलको जित सुनिश्चित गरे।
  • ब्राइटनले केही अवसर पाए पनि गोल गर्न नसक्दा खेल गुमायो।

काठमाडौँ । लिभरपुल ले एफए कप अन्तर्गत चौथो चरणको खेलमा ब्राइटन एण्ड होभ एल्बियन माथि जित हासिल गरेको छ । लिभरपुलले ब्राइटनलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको हो ।

खेलको पहिलो हाफको अन्त्यतिर कर्टिस जोन्सले ४२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० को स्थितिमा समाप्त भएको थियो ।

दोस्रो हाफमा लिभरपुलले आफ्नो दबाब कायम राख्दै खेलमा थप नियन्त्रण जमायो । ५६औँ मिनेटमा डोमिनिक सोबोस्लाइले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि ६८औँ मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

ब्राइटनले खेलभर केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा पराजय व्यहोर्न बाध्य भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप