गेजानी चक्रवातका कारण मोजाम्बिकमा ४ जनाको मृत्यु
सारांश
- गेजानी चक्रवातले मोजाम्बिकमा विध्वंस मच्चाउँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ।
- चक्रवातले रुख र बिजुलीका लाइन ढाल्दा १३ हजारभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्।
- यसअघि चक्रवातले माडागास्करमा ठुलो विनाश मच्चाएको थियो, जहाँ ४१ जनाको मृत्यु भएको थियो।
मापुटो । गेजानी चक्रवातले दक्षिणी अफ्रिकी देश मोजाम्बिकमा विध्वंस मच्चाएको छ । चक्रवातका कारण इन्हाम्बाने तटीय प्रान्तमा कम्तीमा ४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
शक्तिशाली हावाहुरी र वर्षासहित आएको चक्रवातका कारण रुख र बिजुलीका लाइन ढाल्दा १३ हजारभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । केही जिल्लामा खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ । करिब एक लाख जनसङ्ख्या रहेको इन्हाम्बाने सहरमा जनजीवन प्रभावित बनेको छ ।
यसअघि चक्रवातले माडागास्करमा ठुलो विनाश मच्चाएको थियो । चक्रवातका चपेटामा परेर त्यहाँ कम्तीमा ४१ जनाको मृत्यु भएको थियो । सरकारी विवरणअनुसार ४२७ जना घाइते भएका छन् भने १६ हजारभन्दा बढी विस्थापित भएका छन् ।
माडागास्कर सरकारले राष्ट्रिय आपतकाल घोषणा गर्दै करिब १४ करोड २० लाख अमेरिकी डलर बराबरको क्षति भएको जनाएको छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण मोजाम्बिक र आसपासका क्षेत्रमा यस्ता चरम मौसमीय विपद् बारम्बार हुने गरेका छन् ।
हालै आएको बाढीले मात्र ७ लाखभन्दा बढी मानिस प्रभावित भएका थिए भने लाखौँ घरमा क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण