ला लिगाः लेभान्तविरुद्ध भ्यालेन्सियाको महत्त्वपूर्ण जित
सोमबार, ०४ फागुन २०८२, ०१ : १५
सारांश
- गएराति सम्पन्न खेलमा भ्यालेन्सियाले लेभान्तेलाई २-० ले पराजित गर्यो।
- खेलको दोस्रो हाफमा लार्जी रामाजानी र उमर सादिकले गोल गरे।
- लेभान्तेका खेलाडी केर्भिन एरियागाले रातो कार्ड पाए।
काठमाडौँ । ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा भ्यालेन्सियाले लेभान्तेलाई २–० ले पराजित गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा भ्यालेन्सियाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो । खेलको ६४औँ मिनेटमा लार्जी रामाजानीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ८४औँ मिनेटमा उमर सादिकले अर्को गोल थप्दै जित सुनिश्चित गरे ।
खेलको इन्जुरी समयमा लेभान्तेका खेलाडी केर्भिन एरियागाले रातो कार्ड पाउँदै टोलीलाई झन् दबाबमा पारेका थिए ।
यस जितसँगै भ्यालेन्सियाले महत्त्वपूर्ण तीन अंक हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण