मालोर्काविरुद्ध रियल बेटिस २–१ ले विजयी
सोमबार, ०४ फागुन २०८२, ०४ : २१
सारांश
- रियल बेटिसले मालोर्कामाथि २-१ गोलले जित हासिल गर्यो।
- खेलको पहिलो हाफमा बेटिसले २ गोल गर्यो, जसमा एजल्जौली र बाकाम्बुको गोल समावेश थियो।
- मालोर्काका लागि मुरिकीले एक गोल फर्काए तापनि थप गोल हुन नसक्दा टोली पराजित भयो।
काठमाडौँ । ला लिगाअन्तर्गत नेपाली समय अनुसार सम्पन्न खेलमा रियल बेटिसले मालोर्कामाथि २–१ को जित हासिल गरेको छ ।
खेलको पहिलो हाफमा नै बेटिसले अग्रता बनाएको थियो । १८औँ मिनेटमा अब्दे एजल्जौलीले गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाए । त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा सेड्रिक बाकाम्बुले गोल थप्दै बेटिसलाई २–० को बलियो अवस्थामा पुर्याए ।
दोस्रो हाफमा मालोर्काले खेलमा फर्कने प्रयास गर्यो । ६६औँ मिनेटमा भेदात मुरिकीले एक गोल फर्काए पनि त्यसपछि थप गोल गर्न नसक्दा घरेलु टोली पराजित हुन बाध्य भयो ।
जितसँगै रियल बेटिसले महत्त्वपूर्ण तीन अंक हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण