फिल्म ‘कुमारी’ले पहिलो सातामा कमायो ५६ लाख
सारांश
- कुमारी फिल्मले दोस्रो सातामा ५६ लाख रुपैयाँ कमाएको छ।
- फिल्मले १७ हजार २५ वटा टिकट बेचेको छ।
- यो फिल्म नेपालसहित विदेशमा पनि प्रदर्शन भइरहेको छ।
काठमाडौँ । चर्चित फिल्म ‘कुमारी’ को बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ । शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको फिल्मले शनिबारसम्म ५६ लाख मात्र कमाउन सफल भएको हो ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ५६ लाख २११ रुपैयाँ ग्रस कलेक्सन छ । फिल्मको यो अवधिमा १७ हजार २५ वटा मात्र टिकट बिकेको छ ।
गत माघ २४ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् । युवायुवतीको प्रेम कथामा आधारित फिल्म ‘कुमारी’ नेपालसँगै अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूमा पनि प्रदर्शनमा आएको छ ।
निर्माता महेन्द्र अधिकारी रहेको फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतको अभिनय छ । विकास सुवेदीको लेखन र सुशन प्रजापतिको छायाङ्कन रहेको यो फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण