प्रसाईं पक्राउपछि सचिवालयले भन्यो– राज्यको दमनकारी चरित्र, तत्काल रिहाइको माग
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेपछि सचिवालयले आपत्ति जनाएको छ । सोमबार राति प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई घरबाटै पक्राउ गरेको हो।
प्रमुख स्वकीय सचिव सुशील बरालले विज्ञप्ति जारी गर्दै सुतिरहेको अवस्थामा प्रहरीले धरपकड गरी पक्राउ गरेको घटनाप्रति “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा–अभियान“ घोर आपत्ति जनाएका हुन् ।
कुनै पनि नागरिकलाई कानुनी प्रक्रिया भन्दा बाहिर गएर, रातको समयमा व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको ठाडो उल्लंघन हुने गरी गरिएको यो गिरफ्तारी पूर्णतः प्रतिशोधपूर्ण र अलोकतान्त्रिक छ,विज्ञप्तिमा भनिएको छ ।
शान्तिपूर्ण रूपमा आफ्ना विचार राख्ने र नागरिकको हक हितका लागि आवाज उठाउने व्यक्तिमाथि राज्यले देखाएको यो “दमनकारी चरित्र“ को सचिवालयले कडा शब्दमा भत्र्सना समेत गरेको छ ।
विना सर्त र सम्मानजनक रूपमा दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सचिवालयले माग गरेको छ ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको सम्मान गर्न एवं राज्यको शक्तिको दुरुपयोग गरी गरिने यस्ता धरपकड र मानसिक यातनाका कार्यहरू तुरुन्त बन्द गर्न माग गरेको छ ।
उल्लेखित मागहरुलाई बेवास्ता गर्दै दमनकारी नीति जारी राखेमा यसबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण