ट्रम्प प्रशासनमाथि हिलारीले लगाइन् एपस्टिन फाइल ढाकछोपको आरोप
सारांश
- हिलारी क्लिन्टनले ट्रम्प प्रशासनमाथि एपस्टिन फाइल ढाकछोप गरेको आरोप लगाएकी छिन्।
- उनले जर्मनीमा आयोजित कार्यक्रममा फाइल पूर्ण रूपमा सार्वजनिक गर्न माग गरिन्।
- एपस्टिनसँग सम्बन्धित बेलायती राजकुमार एन्ड्रयूलाई बयान दिन दबाब बढेको छ।
वासिङ्टन डीसी । अमेरिकाकी पूर्व विदेशमन्त्री तथा पूर्व प्रथक महिला हिलारी क्लिन्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमाथि एपस्टिन फाइलको ढाकछोप गरेको आरोप लगाएकी छिन् ।
यौन दूराचारी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्न ढिला गरेर प्रशासनले प्रकरणलाई ढाकछोप गरेको उनको भनाइ छ । जर्मनीको बर्लिनमा आयोजित विश्व मञ्चको वार्षिक कार्यक्रममा उनले फाइल पूर्ण रूपमा सार्वजनिक गर्न माग पनि गरेकी छिन् ।
अमेरिकी न्याय विभागले हालै एपस्टिन फाइल पारदर्शिता ऐनअन्तर्गत लाखौं पृष्ठका कागजात सार्वजनिक गरेको भए पनि केही सांसदले ती अपूर्ण रहेको बताएका छन् । रिपब्लिकन सांसद थोमस मैसीले एपस्टिन र उनका सहयोगीमाथि किन अभियोग लगाइएन भन्ने आन्तरिक मेमोसमेत सार्वजनिक गर्न माग गरेका छन् । फाइल सार्वजनिक गरेर आफूहरूले पीडितका लागि धेरै नै काम गरेको दाबी ह्वाइट हाउसले भने गरेको छ ।
यसैबिच, एपस्टिनसँग सम्बन्धका कारण विवादमा रहेका बेलायती राजकुमार एन्ड्रयूलाई पनि संसदीय समितिमा बयान दिन दबाब बढेको छ । उनले भने आफूले कुनै गलत काम नगरेको बताउँदै आएका छन् । यौन दूराचारमा दोषी ठहर भएका एपस्टिन सन् २०१९ मा न्यूयोर्कको जेलमा मृत फेला परेका थिए । अमेरिकी संसदीय समितिले एपस्टिन प्रकरणमा पूर्व राष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टनलाई पनि बयानका लागि बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण