सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

आपूर्ति तथा उपभोक्ता विभागद्वारा एक फर्मलाई जरिवाना

बुधबार, ०६ फागुन २०८२, ०१ : ०१
बुधबार, ०६ फागुन २०८२

सारांश

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले बजार अनुगमनलाई तीव्रता दिइरहेको छ।
  • विभागले सुनिल क्यान्टिनलाई जरिवाना गरेको छ भने हेल्दी बाइट्म सर्भिसेज प्रालिलाई कागजातसहित उपस्थित हुन भनेको छ।
  • विभागले कानुन कार्यान्वयनका लागि नियमित बजार अनुगमन गर्दै आएको छ।

काठमाडौँ । बजार अनुगमनलाई तीव्र पार्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि काठमाडौँ महानगरपालिका ११ ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई रु पाँच हजार जरिवाना गरेको छ ।

यस्तै, विभागले हेल्दी बाइट्म सर्भिसेज प्रालि चाबहिललाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन भनेको छ । विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गरेर कानुन कार्यान्वयन गराउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप