यूएईद्वारा दक्षिण अफ्रिकासामु १ सय २३ रनको लक्ष्य
सारांश
- यूएईले टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई १ सय २३ रनको लक्ष्य दिएको छ।
- यूएईका अलिसान सराफुले सर्वाधिक ४५ रन बनाए भने कप्तान मुहम्मद वसिमले २२ रन जोडे।
- दक्षिण अफ्रिका सुपर ८ मा छनोट भइसकेको छ, यूएई प्रतियोगिताबाट बाहिरिएको छ।
नयाँ दिल्ली । टी–२० विश्वकप अन्तर्गत समूह डीको खेलमा यूएईले दक्षिण अफ्रिकासामु जितका लागि १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २२ रन बनाएको हो ।
टोलीका लागि अलिसान सराफुले सर्वाधिक ४५ रन बनाए । उनले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गरे । कप्तान मुहम्मद वसिमले १२ बलमा २२ रनको योगदान दिए । उनले ४ चौका प्रहार गरे ।
ओपनर तथा विकेटकिपर आर्यांंश शर्माले १७ बलको सामना गर्दै १ चौका र १ छक्का हिर्काए । मोहम्मद अरफानले ११ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यूएईलाई सस्तोमा समेट्न कोर्बिन बोस्चले ४ ओभरमा मात्र १२ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै, एनरिच नोर्टजेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । जर्ज लिन्डेले १ विकेट हात पारे ।
समूह डीको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिकाले ३ खेलबाट ६ अंक बटुल्दै सुपर ८ का लागि छनोट भइसकेको छ । यूएईले भने ३ मध्ये १ खेल क्यानडाविरुद्ध जितेको थियो । टोली अफगानिस्तान र न्युजिल्याण्डसँग पराजित भएको थियो । टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण