५ वर्षमा कुशासन र गरिबी हटाउँछौँ : गगन थापा
सारांश
- गगन थापाले 'टिम नेपाल' बनाएर ५ वर्षमा कुशासन र गरिबी हटाउने बताए।
- उनले कांग्रेसले सबैलाई समेटेर अगाडि बढ्ने र मधेसलाई ज्ञानको केन्द्र बनाउने बताए।
- थापाले मधेसका युवा विदेशमा भए दूतावासबाट हेरचाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘टिम नेपाल’ बनाएर ५ वर्षमा कुशासन र गरिबी हटाउने बताएका छन् ।
बुधबार जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा सभापति थापाले त्यो एक्लै सम्भव नभएको बताए ।
‘टिम नेपालले यो ५ वर्ष कुशासन, गरिबीलाई हराउँछ । त्यो एक्लै सम्भव हुँदैन,’ थापाले भने, ‘कांग्रेसले आजको समस्या समाधान गर्छ भोलिको विकासमा अगाडि बढाउँछ । कांग्रेसको शक्ति सबैलाई सम्हालेर समेटेर अगाडि बढाउँछ ।’
कांग्रेसको टिम नेपालमा वडादेखि केन्द्रसम्मका सरकार, सबै राजनीतिक दल हुने थापाले बताए।थापाले प्रतिज्ञापत्रमा लेखिएका अक्षर सभापतिदेखि क्रियाशील सदस्यले पालना गर्ने बताए।
उनले मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेसले अब परिवर्तन गर्नु पर्ने बताए। उनले मधेसलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेस झरेको बताए।
उनले भने, 'मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो। पहाडमा मधेसका शिक्षकले पढाएका हुन्। उनकै शिक्षाले देश शिक्षित भएको छ। तर आज मधेसको शिक्षा, स्वास्थ्य र विनाको अवस्था जर्जर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावरणको अवस्था भयावह छ। खानेपानीको समस्या समाधान गर्न म मधेस आएको हुँ।'
उनले मधेसले सिङ्गो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने बनाउने प्रतिज्ञा गरेको बताए। उनले मधेसका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने बताए।
उनले भने, 'अब मधेस वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण