१० बजे १० समाचार : पूर्वराजाको सन्देशदेखि कांग्रेसको प्रतिज्ञापत्रसम्म
आज २०८२ फागुन ६ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक
नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । बुधबार पार्टी सभापति गगन थापाले जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।
- रास्वपाको चुनावी सभा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले फागुन २१ मा हुने निर्वाचनलाई स्वर्णिम इतिहास लेख्नका लागि मतदातासँग आग्रह गरे । सुदूरपश्चिमको राजधानी धनगढीमा बुधबार रास्वपाले आयोजना गरेको परिवर्तन उद्घोष सभामा उनीहरूले इतिहास लेख्न आम मतदातासँग आग्रह गरे ।
- खुलामञ्च व्यवस्थापन
खुलामञ्चको संरक्षण र सञ्चालनलाई थप प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले नयाँ व्यवस्थापकीय मोडेल अघि सारेको छ । महानगरपालिकाको राजस्व समितिको बैठकले खुलामञ्चको सम्पूर्ण प्रयोग र व्यवस्थापनको अधिकार वडा नम्बर २७ लाई सुम्पिने निर्णय गरेको छ ।
- इ-कमर्स निर्देशिका
सरकारले विद्युतीय व्यापार (इ–कमर्स) क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विद्युतीय व्यापार (इ–कमर्स) निर्देशिका २०८२’ जारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार (इ–कमर्स) ऐन, २०८१’ मा गरिएको व्यवस्था बमोजिम उक्त निर्देशिका जारी गरेको छ ।
- बालेनको नागरिकता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) नागरिकता विवादमा तानिएका छन् । उनको नागरिकतामा पहिले बालेन्द्र साह रहेकोमा पछि बालेन्द्र शाह बनाएको भन्दै प्रश्न उठेको हो ।
- जेनजी आन्दोलन
भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा ९० प्रतिशत मुद्दाका मिसिलहरु जले । तीमध्ये एक हजारभन्दा बढी भ्रष्टाचारसँग सम्बन्धित मुद्दाका मिसिल खरानी भएका थिए ।
- शर्माले त्यागिन् पार्टी
रास्वपा मधेस सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेकी छन् । रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी हुन् ।
- ज्ञानेन्द्रको सन्देश
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले अहिलेकै विषम परिस्थितिमा र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने धारणा समेत राखेका छन् ।
- निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन
निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । आयोगले मंगलबार एक पत्र जारी गर्दै एन्फाको निर्वाचनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्काल रोक्न भनेको हो । आयोगका अनुसार यसअघि पनि एन्फालाई निर्वाचनसम्बन्धी गतिविधि स्थगित गर्न पत्राचार गरिएको थियो ।
- प्रतिनिधि सभा निर्वाचन
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी भारत सरकारले ५३८ वटा गाडी नेपाल सरकारलाई सहयोग स्वरूप हस्तान्तरण गरेको छ । हालसम्म ५३८ वटा गाडी नेपाल आइपुगेको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण