कांग्रेसको सभामा ममता शर्माले भनिन् : रास्वपाको नीति गलत नेतृत्वका कारण बिग्रियो
सारांश
- ममता शर्माले रास्वपाको नीति गलत नेतृत्वका कारण बिग्रिएको आरोप लगाइन्।
- उनले रास्वपाको नारा परिवर्तन भएको र गगन थापाको प्रशंसा गरिन्।
- शर्माले रास्वपा परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी ममता शर्माले रास्वपाको नीति गलत नेतृत्वका कारण बिग्रिएको बताएकी छन् । नेपाली कांग्रेसले जनकपुरको तिरहुतियामा आयोजना गरेको प्रतिज्ञासभामा शर्माले गलत नेतृत्वका कारण रास्वपाको नारा पनि फेरिएको बताइन् ।
‘कुनै पार्टीको नीति गलत नेतृत्वका कारण बिग्रिन्छ । अहिले रास्वपामा त्यही भएको छ,’ शर्माले भनिन्, ‘रास्वपाको नारा बदलिएको छ । रास्वपाको नारा थियो, जान्नेलाई छान्ने, अब पालो युवाको, अब पालो नयाँको भन्ने नारा परिवर्तन भएर दागवालालाई छान्ने, चाङका चाङ मुद्दा लागेका छान्ने भएको छ ।’
उनले विशेष महाधिवेशन गरेर गगन थापा सभापति भएपछि कांग्रेस नयाँ रास्वपा भएको भएको र रास्वपा पुरानो नेपाली कांग्रेस भएको बताइन् । शर्माले ८० वर्ष पुरानो पार्टीका सभापतिमाथि आक्रमण भएको, पार्टी कार्यालय जलाइएको बेलामा नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने थापाको आटलाई मान्नुपर्छ भन्दै प्रशंसा गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी मधेस प्रदेशकी संस्थापक सभापति शर्माले मंगलबार मात्रै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण