सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
टी-२० विश्वकप

कप्तान होपको अर्धशतकको मद्दतले वेस्ट इन्डिजद्वारा १ सय ६६ रनको लक्ष्य प्रस्तुत

बिहीबार, ०७ फागुन २०८२, १२ : ५०
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • वेस्ट इन्डिजले इटालीसँगको टी-२० खेलमा १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ, जसमा कप्तान शाई होपले ७५ रन बनाए।
  • वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो, जसमा होप र चेसले महत्त्वपूर्ण योगदान दिए।
  • इटालीका क्रिसन कालुगामागेले २ विकेट लिए, र वेस्ट इन्डिजले सुपर-८ मा प्रवेश गर्न जितको लय कायम राख्न खोज्दैछ।

कोलकाता । कप्तान शाई होपको अर्थशतकको मद्दतले वेस्ट इन्डिजले इटालीसामु जितका लागि १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टी-२० अन्तर्राष्ट्रियमा यी दुई टोली पहिलो पटक आमने-सामने भएका हुन् । 

समूह सी अन्तर्गत कोलकातामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको हो । कप्तान होपले ४६ बलमा ७५ रन जोडे । यसक्रममा उनले ६ चौका र ४ छक्का हिर्काए ।

खेलमा टोलीको सुरुवात राम्रो हुन सकेन । दोस्रो ओभरमा नै ब्रान्डन किङ मात्र ४ रन बनाएर आउट भए । सिमरन हेटमायर पनि लामो समय टिक्न सकेनन् । पाँचौँ ओभरमा उनी मात्र १ रन जोडेर पभेलियन फर्किए ।

त्यसपछि होपले रोस्टन चेससँग मिलेर टोलीलाई अघि बढाए । चेसले २५ बलमा २ चौका हिर्काउँदै २४ रन जोडे । त्यसपछि भने वेस्ट इन्डिजले लगातार विकेट गुमायो ।

१५ औँ ओभरमा रोभमान पावेल ९ रन बनाएर आउट भए भने अर्को ओभरमा होप पनि बोल्ड हुँदै पभेलियन फर्किन बाध्य भने । 

जेसन होल्डरले पनि ९ रन मात्र जोड्न सके । अन्तयतिर सेरफाने रदरफोर्डले २४ रन तथा म्याथ्यु फोर्डेले १६ रनको योगदान दिए ।

ali hasan

यता, इटालीका लागि क्रिसन कालुगामागेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । उनलाई बेन मानेटीले २ विकेट लिँदै राम्रो साथ दिए । अलि हसन र थोमस ड्राकाले १-१ विकेट हात पारे ।

वेस्ट इन्डिजको टोली यस विश्वकपमा अहिलेसम्म अपराजित रहेको छ र सुपर-८ चरणमा प्रवेश गर्नुअघि आफ्नो जितको लयलाई निरन्तरता दिन चाहन्छ। अर्कोतर्फ, इटालीको टोली आफ्नो पहिलो विश्वकप यात्राको अन्त्य एक यादगार जितका साथ गर्न चाहन्छ। 

वेस्ट इन्डिजले समूह चरणमा अहिलेसम्म शानदार प्रदर्शन गरेको छ। टोलीले आफ्ना पछिल्ला तीनै खेल जितेको छ र समूह सी को अंक तालिकामा शीर्ष स्थानमा छ।  यता इटालीले आफ्ना तीन खेलमध्ये एउटामा मात्र जित हात पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप