निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैनः प्रमुख निर्वाचन आयुक्त भण्डारी
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न नपाइने स्पष्ट पारेका छन् । १० औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उनले निर्वाचन आचारसंहिताले मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध गरेको बताए ।
उनले कुनैपनि प्रेससँग सम्बन्धित व्यक्ति वा संस्थाले मत सर्वेक्षण गरेर ‘फलानो उम्मेदवार जित्यो’ वा ‘फलानो हार्यो’ भनेर अग्रिम घोषणा गर्न नपाइने उल्लेख गरे । उनका अनुसार हाल निर्वाचनको लागि सामाजिक सञ्जाल र प्रेस जगत सबैभन्दा पेचिलो विषय बनेको छ ।
केही अनलाइन माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले संविधानको धारा १९ अनुसार अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गरिएको गुनासो गर्दै आयोगसमक्ष विषय उठाएको भएपनि पूर्वसन्ध्यामा मत सर्वेक्षण गरी परिणाम घोषणा गर्दा अन्य प्रतिष्पर्धीको मनोबल घट्ने र मतदातामा भ्रम तथा प्रभाव पर्नसक्ने भएकाले यस्तो कार्य कारबाहीको विषय बन्ने उनले स्पष्ट पारे।
निर्वाचन आयोगले यस विषयमा शुन्य सहनशीलताको नीति अपनाएको उनको भनाइ छ । उनले सञ्चारमाध्यम तथा संवद्ध व्यक्तित्वहरूलाई मत सर्वेक्षण नगर्न पनि आग्रह गरे ।
उनले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेको उल्लेख गर्दै आयोगले यस सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण