बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचनमा घोषणा र बाचा नगरी प्रतिज्ञा गर्छौँ : गगन थापा

बिहीबार, ०७ फागुन २०८२, १४ : ०१
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा घोषणा र बाचा नगरी प्रतिज्ञा गर्ने बताए।
  • उनले फागुन २१ गते हुने निर्वाचनमा घोषणापत्र नल्याउने बताएका छन्।
  • थापाले जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञालाई जनक र भीष्म प्रतिज्ञाको संज्ञा दिए।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा आफूहरूले घोषणा र बाचा नगरी प्रतिज्ञा गर्ने बताएका छन् । 

बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईको पश्च’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूहरूले जानेरै घोषणा पत्र नल्याएको बताए । 

‘हामीहरूले जानेरै घोषणापत्र नभनेका हौँ । निर्वाचनमा हामीले घोषणा र बाचा गर्दैनौ । प्रतिज्ञा गर्छौँ,’ सभापति थापाले भने, ‘हामीले निर्वाचनमा प्रतिज्ञा गर्छौँ । त्यो प्रतिज्ञाका विषय हिजो जनकपुरमा सार्वजनिक गरेका छौँ ।’

सभापति थापाले जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञा जनक प्रतिज्ञा र भीष्म प्रतिज्ञा भएको बताए । त्यो आफूहरू सत्तामा पुगे पनि टाढा भए पनि पूरा गर्न लाग्ने बताए । पहिला पार्टीबाट भएका गल्तीलाई सच्याएर अगाडि बढ्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप