कर्णालीको गरिबी बेच्ने नेताहरू धेरै आए, हामी बुझ्न चाहन्छौँ : बालेन (पूर्णपाठ)
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘हामी आयौँ’ परिवर्तन उद्घोष सभामा जम्मा ३ मिनेट सम्बोधन गरे ।
यद्यपि उनको सम्बोधनमा कर्णालीको सभ्यता, विकृत राजनीति र सम्भावनालाई एकै पटक समेटेको छ ।
यस्तो छ सम्बोधनकाे पूर्णपाठ
कर्णालीमा आएर राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र, बाचापत्र सार्वजनिक गर्न पाउँदा म लगायत हाम्रो पार्टीका सबै सदस्यज्यूहरू, सभापतिज्यूहरू तथा हाम्रो पार्टीका साधारण सदस्यज्यूहरू, सम्पूर्ण कर्णालीबासी नेपाली दाजुभाइ दिदीबहिनीमा आउन पाउँदा धेरै धेरै खुसी लागेको छ ।
कर्णाली, यो देशको सबैभन्दा ठूलो ताल रारा ताल, राजा महेन्द्रले भन्नुभए जस्तो ‘स्वर्गकी अप्सरा’ भएको ठाउँमा आउन पाउँदा धेरै खुसी लागेको छ । देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराइलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, यो देशले बुझ्न सकेन, त्यो गहिराइलाई बुझ्न चाहन्छौँ । त्यो गहिराइ बुझ्ने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी ।
आजको दिनमा डोल्पाको सुन जस्तो मानिने यार्सागुम्बा विश्वभरि पुग्न सक्छ तर कर्णालीको स्याउ र मार्सी चामल त्यही चितवन र झापा पुग्न सक्दैन । यहाँको उत्पादनलाई कम्तीमा पनि देशभरि पुर्याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।
आफैँमा यो सिंजा भ्याली सिभिलाइजेसन, सिंजा उपत्यका सभ्यता भएको ठाउँ, नेपाली भाषाको उद्गमस्थल, खस भाषाको उद्गमस्थल, यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ । यो सबै भयो भने एउटा सभ्यता मानिन्छ । त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।
जसरी काठमाडौं महानगरपालिकामा हाम्रो नेवाः सभ्यताको नाचगान, त्यहाँको लिपि, त्यहाँको बाजागाजा, त्यहाँका मूर्त–अमूर्त सम्पदालाई हामीले जोगाएर राखेका छौँ, त्यसरी नै यहाँ कर्णालीको सभ्यतालाई हामी जोगाएर राख्न चाहने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी ।
देशमा अझै पनि भोकमरी छ । अझै पनि चार वर्ष मुनिका बालबालिकाहरूको मृत्युदर एकदमै बढ्दो छ। महिलाहरूको, आमाहरूको मृत्युदर बढ्दो छ, त्यो कर्णालीमा छ । र, त्यो कर्णालीको पीडालाई, गरिबीलाई, त्यो दुखलाई बेच्ने नेता धेरै आए, त्यो गरिबीलाई बुझ्ने नेता धेरै आएका छैनन्, अहिलेसम्म कोही आएको छैन । त्यो बुझ्ने नेताहरू बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू ।
यहाँको पर्यटन, यहाँको सम्भावना, यहाँको कृषि, यहाँको खेतीपाती, यहाँको आयआर्जन सबै वृद्धि गर्न पाऔं । तपाईँहरूको आशिर्वाद लिन पाऔं र तपाईँहरूको अस्ति मैले फेसबुकमा लेखेको जस्तै ‘अब कर्णालीका सुइना हाम्रा सुइना’ भन्या जस्तै, तपाईँहरूको त्यो सपना, तपाईँहरूको त्यो सपना बोकेर जान पाऔं । र त्यो सपना बोक्ने सुरुवात आज हामीले वाचा पत्रबाट गरेका छौँ, कर्णालीबाट घोषणा गरेका छौँ । आज उपरान्तबाट त्यो सबै तपाईँका सपना हाम्रा सपना हुनेछन् । ती सपना बोकेर यहाँबाट जान पाऔं। धेरै धेरै धन्यवाद, नमस्कार !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण