शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

शुक्रबार, ०८ फागुन २०८२, १० : ५१
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
  • छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
  • चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिन ५ हजार ६० रुपैयाँ थियो।

काठमाडौं । सुनको मूल्य आज स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनकै कायम रहेको महासंघले जनाएको छ।

त्यस्तै, सुन प्रतिदस ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ रहेको थियो। प्रतिदस ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ३० रुपैयाँ तोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप