सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शनिबार एनसेल कार्निभल हुँदै

शुक्रबार, ०८ फागुन २०८२, १६ : २९
शुक्रबार, ०८ फागुन २०८२

ललितपुर ।  सातदोबाटोस्थित AITM College मा शनिबार एनसेल AITM कार्निभल आयोजना हुने भएको छ। युवा लक्षित सो विशेष कार्यक्रमलाई Xtreme Energy Drink ले सहयोग गरेको छ।

आयोजकका अनुसार कार्निभलमा गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड SWAR को आकर्षक प्रस्तुति रहनेछ। उनीहरूको लाइभ कन्सर्टसँगै विभिन्न सांगीतिक कार्यक्रम, नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिने जानकारी दिइएको छ।

कार्यक्रममा सहभागी दर्शकहरूका लागि विभिन्न रमाइला खेल, इन्टरएक्टिभ एक्टिभिटी तथा ग्यारेन्टी पुरस्कारको व्यवस्था गरिएको छ । 

उक्त कार्यक्रमलाई eSewa, Gents Park, Aura लगायतका ब्रान्डहरूले सहयोग गरेका छन्। विभिन्न ब्रान्ड स्टल, प्रमोशनल एक्टिभिटी तथा विशेष अफरहरू पनि कार्निभलको आकर्षण रहनेछन्।

AITM College ले यस कार्निभलमार्फत विद्यार्थी र युवाहरूलाई संगीत, उत्साह र अवसरको संगम एकै स्थानमा प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप