उम्मेदवारहरूलाई निर्वाचन आयोगको ताकेता : बैंक खाता खोल्ने काममा ढिलाइ नगर्नुस्
शुक्रबार, ०८ फागुन २०८२, १६ : ४३
काठमाडाैँ । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाइ नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई ताकेता गरेको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसार सम्बन्धि सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकि रहेका उम्मेदवारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो ।
सार्वजनिक विदाका कारण पनि सो खाता खोल्ने काममा उम्मेदवारहरुलाई असहज हुनसक्ने देखिएको र अब यसलाई ढिलो नगर्न पनि सचेत गराइएको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् । उनले उम्मेदवारहरुलाई खाता खोल्ने काममा बैंकहरुलाई सहजीकरण गर्न पनि आयोग भनिसकेको बताइन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारहरुले बैक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण