रुसको बैकाल तालमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
सारांश
- बैकाल तालमा गुडिरहेको बस दुर्घटना हुँदा सात चिनियाँ पर्यटकको मृत्यु भएको छ।
- बस हिउँको चिरामा खसेर डुबेको थियो, जसले गर्दा यो दुःखद घटना भयो।
- घटनामा एक जना यात्रुले हाम फालेर ज्यान जोगाएका छन्, तर अरु सात जनाको मृत्यु भयो।
मस्को । रुसको साइबेरियास्थित प्रसिद्ध बैकाल तालको जमेको सतहमा गुडिरहेको एक पर्यटक बस दुर्घटना हुँदा सात जना चिनियाँ पर्यटकको ज्यान गएको छ । शुक्रबार तालको हिउँमा परेको ठूलो चिरामा बस खसेर डुब्दा उक्त दुःखद घटना भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।
रुसको विपद् व्यवस्थापन मन्त्रालयको क्षेत्रीय शाखाले जारी गरेको विज्ञप्तिअनुसार बस हिउँको करिब तीन मिटर चौडा चिरामा खसेर सिधै पानीमा डुबेको थियो । उद्धारकर्ताहरूले पानीमुनि चल्ने विशेष क्यामेरा प्रयोग गरेर सतहभन्दा १८ मिटर तल बस फेला पारेका थिए, जहाँबाट सातै जनाको शव निकालिएको छ ।
इर्कुत्स्क क्षेत्रका गभर्नर इगोर कोब्जेभले मृतकहरू चिनियाँ नागरिक भएको स्पष्ट पार्दै यसबारे चिनियाँ महावाणिज्य दूतावासलाई जानकारी गराइसकेको बताएका छन् । घटनामा एक जना यात्रु भने बस डुब्न थालेकै बेला हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।
विश्वकै सबैभन्दा गहिरो तालका रूपमा चिनिने बैकाल ताल हिउँदको समयमा पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ । यहाँ हिउँ जमेर क्रिस्टल जस्तै देखिने भएकाले विशेषगरी चिनियाँ पर्यटकहरू ठूलो संख्यामा आउने गर्छन् ।
अधिकारीहरूले तालमा गाडी चलाउन निश्चित रुटहरू तोकेका भए पनि दुर्घटना भएको क्षेत्रमा सवारी चलाउन निषेध गरिएको थियो । निषेधित क्षेत्रमा बस लगेकै कारण हिउँ फुटेर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ भने यसबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण