फेवा किनारमा बनाइएका अवैध संरचना हटाउन पोखरा महानगरको अल्टिमेटम
सारांश
- पोखरा महानगरपालिकाले फेवाताल किनारमा बनेका अवैध संरचना १५ दिनभित्र हटाउन चेतावनी दिएको छ।
- सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै तालको ६५ मिटरभित्र नयाँ संरचना बनाउन रोक लगाइएको छ।
- महानगरले तोकिएको समयभित्र संरचना नहटाए कानुनबमोजिम हटाउने र खर्च असुल गर्ने जनाएको छ।
पोखरा । फेवाताल किनारमा निर्माण गरिएका अवैध संरचना १५ दिनभित्र हटाउन पोखरा महानगरपालिकाले चेतावनी दिएको छ । महानगरले सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन भनेको अल्टिमेटम दिएको हो ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा तालको सिमाङ्कन सकिएकोले मापदण्डभित्र अवैध संरचना नबनाउन महानगरले निर्देशन दिएको छ । तालको ६५ मिटर मापदण्डभित्र रातारात संरचना निर्माण भइरहेको छ । केही समयअघि अवैध संरचनामा डोजर चलाइएको थियो ।
‘सिमाकंन पूर्व निर्माण भएका संरचनाहरू सर्वोच्च अदालतको आदेश बमोजिम हुने भएकाले तालको उच्चतम विन्दुबाट ६५ मिटर भित्र नयाँ संरचना निर्माण नगर्न/नगराउन महानगरपालिकाले पटक पटक आग्रह गर्दै आइरहेको छ’, सूचनामा भनिएको छ, ‘तर पनि अटेर गरी सिमाङ्कन पश्चात् निर्माण गरिएका सम्पूर्ण अनधिकृत संरचनाहरू यो सूचना प्रकाशन भएको मितिले १५ ९पन्ध्र० दिनभित्र हटाउनुहुन सम्बन्धित निर्माणकर्तालाई सूचित गरिन्छ ।’
तोकिएको समयभित्र संरचना नहटाए महानगरपालिकाले कानुन बमोजिम हटाउनेछ चेतावनी दिएको छ । हटाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुलउपर गर्ने महानगरले जनाएको छ । ६५ मिटर क्षेत्रभित्र पर्ने जग्गाको वर्गीकरण सम्बन्धी कार्य अन्तिम चरणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण