सुनसरीमा कांग्रेस–रास्वपा कार्यकर्ताबिच झडप, प्रहरीद्वारा लाठीचार्ज
शनिबार, ०९ फागुन २०८२, १४ : २२
सारांश
- सुनसरीको भोक्राहामा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गरेको छ।
- कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्कीको चुनावी सभामा जाँदै गर्दा रास्वपाका युवाहरुसँग विवाद भएको थियो।
- प्रहरीले दुवै पक्षका कार्यकर्तालाई तितरवितर पार्न लाठीचार्ज गरेको र अहिले स्थिति सामान्य रहेको छ।
सुनसरी । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा शनिबार झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ।
सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहामा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका बेला बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवासँग जम्काभेट भएपछि विवाद बढेर झडपको स्थिति बनेको थियो ।
जसका कारण परिस्थिति असामान्य बनेपछि दुवै पक्षका कार्यकर्तालाई तितरवितर गर्न लाठीचार्ज गरेको प्रहरीले जनाएको छ।
कांग्रेसको भ्रातृसंगठन तरुण दलका कार्यकर्ता र रास्वपाका कार्यकर्तामाथि नियन्त्रणका लागि लाठीचार्ज गर्नुपरेको सुनसरीका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए।
अहिले स्थिति सामान्य बनिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण