ओलीले झापामा भने, 'पैसाले होइन, आइडिया र दृष्टिकोणले विकास हुन्छ'
झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि पैसा भन्दा पनि स्पष्ट दृष्टिकोण र सोच आवश्यक पर्ने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा आयोजित ‘निजी क्षेत्र, नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरण’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरूलाई सरकारी जागिरको मात्र भर नपरी उद्यमशीलतामा जोड दिन आग्रह गरे ।
उनले सरकारले लगानीको वातावरण बनाउने र निजी क्षेत्रले उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।
‘पेट्रोम्याक्स’ देखि ‘स्मार्ट बाटो’ सम्म विगत र वर्तमानको तुलना गर्दै ओलीले आफ्नो क्षेत्रमा भएको विकासको चर्चा गरे ।
उनले भने, ‘म उम्मेदवार भएर यस ठाउँमा आउँदा बिजुली थिएन, पेट्रोम्याक्स बालेर बेलुकाको सभा गरेका थियौँ । आज विद्युत नपुगेको कुनै कुनो छैन ।’
पहिले बाटो नहुँदा गाडीमा कोदालो बोकेर हिँड्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले अहिले दमकमा ६ हजार सिटी रिक्सा चल्ने पक्की बाटो र घरको झ्यालबाटै पिच बाटो देख्न सकिने अवस्था आएको बताए । खानेपानी, शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन आएको उनको दाबी छ ।
‘सबै काम भइसक्यो म भन्दिनँ, तर केही पनि भएको छैन भन्नु गलत हो,’ उनले स्पष्ट पारे, 'विकास पैसाले होइन, आइडियाले हुन्छ ।'
अध्यक्ष ओलीले विकासका लागि पुँजीभन्दा पनि सोच महत्त्वपूर्ण हुने दृष्टान्त पेस गरे । चीन र स्क्यान्डिनेभियन देशहरूको उदाहरण दिँदै उनले पैसाले धनी बनाउने नभई, विकास आइडिया र दृष्टिकोणले गर्ने र कुनै बेला गरिब भएको चीनमा आज गरिबी नभएको उदाहरण दिए ।
उनले भने, 'आज त्यहाँ (चीन) गरिबी छैन। पैसा बाँडेर होइन, भिजनले देश बनेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण