शिखर धवनले आइरिस प्रेमिका सोफी शाइनसँग गरे विवाह
काठमाडौँ । पूर्वभारतीय क्रिकेटर शिखर धवनले आफ्नी आइरिस प्रेमिका सोफी शाइनसँग विवाह गरेका छन् ।
४० वर्षका पूर्वभारतीय ओपनर धवनले एक महिनाअघि १२ जनवरीमा सोफीसँग इन्गेजमेन्ट गरेका थिए । दुवै केही समयदेखि प्रेम सम्बन्धमा थिए र सन् २०२५ को मे महिनामा आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए ।
यसअघि धवनले सन् २०२३ मा पहिलो पत्नी आयशा मुखर्जीबाट सम्बन्धविच्छेद गरेका थिए। उनीहरूले सन् २०११ मा विवाह गरेका थिए । आयशा र धवनका एक छोरा पनि छन् ।
गत महिना सगाई गर्दा धवनले सामाजिक सञ्जालमा लेखेका थिए, 'हामीले मुस्कानदेखि सपनासम्म सबै कुरा सँगै बाँडेका छौँ । सगाईका अवसरमा प्राप्त प्रेम, आशीर्वाद र शुभकामनाप्रति आभारी छु । हामी सधैँका लागि एकअर्कालाई रोजिरहेका छौँ ।' यसअघि भारतीय प्रिमियर लिगमा पन्जाब किंग्सका लागि खेल्दा पनि सोफी टोलीलाई समर्थन गर्दै देखिएकी थिइन् ।
को हुन् सोफी शाइन ?
सोफी शाइन आयरल्यान्डकी हुन् । धवनसँग भेट हुँदा उनी संयुक्त अरब इमिरेट्समा काम गर्थिन् । उनको सामाजिक सञ्जाल विवरणअनुसार उनी अमेरिकास्थित वित्तीय सेवा कम्पनी ‘नर्दर्न ट्रस्ट कर्पोरेसन’मा उत्पादन परामर्शदाताका रूपमा दोस्रो उपाध्यक्ष पदमा कार्यरत थिइन् । सोफी गत वर्ष जुलाईदेखि धवनको खेलसम्बन्धी कम्पनी ‘डा वन स्पोर्ट्स’की प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत छिन् ।
उनले आयरल्यान्डको लिमरिक इन्स्टिच्युट अफ टेक्नोलोजीबाट बजार व्यवस्थापन विषयमा अध्ययन गरेकी हुन् । प्रारम्भिक शिक्षा उनले क्यासलराय कलेजबाट पूरा गरेकी थिइन् । सोफी धवनका सामाजिक सञ्जालमा सार्वजनिक हुने धेरै रमाइला भिडियोहरूमा पनि देखिँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण