कांग्रेसले भन्याे– निर्वाचन हुन नदिने तत्त्व सक्रिय छन्, सरकार दृढ हुनुपर्यो
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन समयमै गराउन सरकारलाई आग्रह गरेको छ।
- कांग्रेस प्रवक्ता देवराज चालिसेले निर्वाचन हुन नदिने तत्त्वहरू सक्रिय रहेको बताएका छन्।
- उनले निर्वाचन लोकतान्त्रिक शासनको वैधताको स्रोत भएको र सबै पार्टी निर्वाचनमा जानुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुन नदिने तत्त्व सक्रिय रहेको बताएको छ । ती तत्त्वहरूको रणनीति असफल बनाउँदै ससमयमै निर्वाचन गराउन सरकार दृढ हुनुपर्ने कांग्रेसको भनाइ छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले शासनको वैधता जनताको मत भएको पनि बताए ।
‘निर्वाचन समयमा हुन नदिन विभिन्न तत्त्वहरू लागिरहेका छन् । सरकार दृढ भएर समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ,’ प्रवक्ता चालिसेले भने, ‘लोकतान्त्रिक शासन व्यवस्थामा शासनको वैधताको स्रोत जनताको मत हो । लोकतान्त्रिक पार्टीले जन सर्वोच्चतालाई स्वीकार्नुपर्छ । हामीले स्वीकारेका छौँ ।’
उनले सबै पार्टीहरूले निर्वाचनमा भाग लिनेबाहेक विकल्प सोच्न नहुने पनि बताए । पूर्वराजा ज्ञानेन्द्रले निर्वाचन अगाडि राष्ट्रिय सहमतिको कुरा गरेका छन् नि भन्ने पत्रकारहरूको प्रश्नमा प्रवक्ता चालिसेले सबैको व्यक्तिगत स्वतन्त्रता हुने भन्दै निजी अभिव्यक्तिमा कुनै टिप्पणी नरहेको बताए ।
‘सबैको व्यक्तिगत स्वतन्त्रता हुन्छ । निजी स्वतन्त्रताप्रति कुनै टिप्पणी छैन,’ प्रवक्ता चालिसेले भने, ‘तर शासनको वैधताको स्रोत निर्वाचन र जनताको मत हो । निर्वाचनपछि बन्ने जनमतको सरकारले जनताका समस्या समाधान गर्नेछ ।’
उनले विभिन्न पार्टीबाट कांग्रेसमा नेता कार्यकर्ता प्रवेश गरिरहेका र ती प्रवेशले पार्टी बहुमत ल्याउने बिन्दुमा पुग्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण