जनतासँग प्रत्यक्ष भेटेर मत माग्न सङ्गठित सदस्यलाई एमालेको निर्देशन
काठमाडौँ । नेकपा एमालेले आफ्ना सङ्गठित सदस्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनतासँग प्रत्यक्ष भेटघाट गर्न निर्देशन दिएको छ ।
निर्वाचन नजिकिँदै गर्दा एमालेले चुनावी अभियानका क्रममा छ लाख ६२ हजार सङ्गठित सदस्यलाई मतदातासँग प्रत्यक्ष भेटघाट गर्न निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख मीनवहादुर शाहीले जानकारी दिए ।
भर्चुअलभन्दा मतदातालाई प्रत्यक्ष भेटघाट गरेर आफ्नो पार्टी नेतृत्वमा बनेको सरकारले गरेका राम्रो कामको प्रचार गरेर मत माग्न उम्मेदवार, पार्टी सदस्यलाई निर्देशन दिइएको उनले बताए ।
'भूगोलमा रहेका सबै सङ्गठित सदस्यलाई मतदातालाई प्रत्यक्ष भेटेर चुनावी प्रचारप्रसारमा लाग्न निर्देशन दिइएको छ,' प्रचार विभाग प्रमुख शाहीले भने, 'जुन सङ्गठित सदस्य जहाँ छन्, त्यहीका मतदातालाई भेटेर मत माग्न भनिएको छ ।'
एमाले यसपटक चुनावीसभा नगरेर मतदातालाई प्रत्यक्ष भेटघाटका कार्यक्रमलाई प्राथमिकता दिएर चुनाव केन्द्रित अभियान सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण