अपडेट
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सोमबार, ११ फागुन २०८२, १० : ४३
सारांश
- आज सुनको मूल्य बढेर प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्यमा पनि वृद्धि भएको छ, प्रति तोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ।
- अन्तर्राष्ट्रिय बजारको प्रभावले गर्दा सुनचाँदीको मूल्य बढेको महासंघले जनाएको छ।
काठमाडौँ । सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ६८ हजार ७७५ रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार २०० रुपैयाँले वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ७९७ रुपैयाँ निर्धारण भएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव स्वदेशी बजारमा पनि परेको महासंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण