बालेनको अभिव्यक्तिप्रति निर्माण व्यवसायीको आपत्ति, माफी माग्न माग
सारांश
- निर्माण व्यवसायी महासंघले रास्वपा नेता बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
- महासंघले शाहको अभिव्यक्तिलाई अमर्यादित भन्दै सार्वजनिक रूपमा आत्मालोचनाको माग गरेको छ।
- महासंघले विकास निर्माणमा ढिलाइ हुनुको कारण व्यवसायी मात्र नभई सरकारको कमजोरी रहेको जनाएको छ।
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्माण व्यवसायीहरूप्रति लक्षित गरी दिएको पछिल्लो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।
महासङ्घले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिले देशभरका ३० हजारभन्दा बढी निर्माण व्यवसायीको मानमर्दन गरेको भन्दै तत्काल सार्वजनिक रूपमा आत्मालोचना गर्न माग गरेको छ ।
यही फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभामा रास्वपाका वरिष्ठ नेता शाहले निर्माण कार्यमा भएको ढिलाइप्रति टिप्पणी गर्दै व्यवसायीलाई ’रुखमा बाँधेर, बाटोमा सुताएर वा खोरमा जाकेर भएपनि बाटो बनाउनुपर्ने’ भनी दिएको अभिव्यक्तिलाई महासङ्घले ’अमर्यादित, अराजक र उत्तेजक’ को संज्ञा दिएको छ ।
महासङ्घले विकास निर्माणमा ढिलाइ हुनुको मुख्य कारण व्यवसायी मात्र नभएर मुलुकको अव्यवहारिक ऐन–कानुन र सरकारको नीतिगत कमजोरी रहेको जनाएको छ ।
प्राविधिक पृष्ठभूमि भएका जिम्मेवार नेताले सत्यतथ्य नबुझी सस्तो लोकप्रियताका लागि यस्तो धम्कीपूर्ण भाषा प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत समेत रहेको उल्लेख गरेको छ ।
साथै महासङ्घले सरकारको अदूरदर्शी नीतिका कारण हाल मुलुकभर करिब ३० हजार आयोजनाहरू अलपत्र अवस्थामा रहेको जानकारी दिएको छ । राज्यसँग साढे ६ खर्बभन्दा बढीका आयोजनाहरू पुगिसकेको भए पनि ती सम्पन्न गर्ने आर्थिक क्षमता र स्रोतको सुनिश्चितता सरकारसँग नभएको महासङ्घको भनाइ छ ।
मुलुकमा विद्यमान ऐन, कानुनहरू नै विकास निर्माणका बाधक भएको तथ्य जगजाहेर भइसकेको परिप्रेक्ष्यमा एक जिम्मेवार पार्टीका जिम्मेवार पदाधिकारीबाट निर्वाचनको पूर्व सन्ध्यामा मुलुकका ३० हजार भन्दा बढी निर्माण व्यवसायीहरूको तेजोबोध गर्ने किसिमले आएको उक्त अभिव्यक्तिप्रति अविलम्ब सार्वजनिक रूपमा आत्मालोचना गर्न महासङ्घ जोडदार माग गरेको छ ।
साथै त्यस किसिमको अमर्यादित र उत्तेजक भाषणबाजीलाई गम्भीर रूपमा लिई सोही अनुसार निर्देशन गरिदिन महासङ्घले निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण