सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

शिक्षक, प्राध्यापक र कर्मचारी चुनाव प्रचारमा लागे कारबाही गर्ने आयोगको चेतावनी

सोमबार, ११ फागुन २०८२, १६ : ५९
सोमबार, ११ फागुन २०८२

सारांश

  • निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई आचारसंहिता विपरीत प्रचारमा संलग्न नहुन चेतावनी दिएको छ।
  • आयोगले राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचार गरेको उजुरी आएको जनाएको छ।
  • आयोगले शिक्षा ऐन र निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

काठमाडौँ । निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई निर्वाचन आचारसंहिता विपरीत कुनै पनि दल र उम्मेदवारको चुनाव प्रचारमा नलाग्न चेतावनी दिएको छ । 

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै केही प्राध्यापक तथा शिक्षक कर्मचारीहरू राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोबारे उजुरी परेको जनाएको छ । 

आयोगले उक्त कार्य शिक्षा ऐन र निर्वाचन आचारसंहिता २०८२ को दफा १० को खण्ड (ग)  विपरीत भएको प्रस्ट पार्दै सचेत गराएको सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

प्रवक्ता भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन प्रचार प्रसार गतिविधिमा सामेल भएको पाइए आचारसंहिताको दफा ४८ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

637662186_841817792210642_1549456561129713909_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप