सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धादिङ दुर्घटना : बसभित्र च्यापिएका एक जना घाइतेको साढे ३ घण्टापछि उद्धार

सोमबार, ११ फागुन २०८२, १७ : ०३
सोमबार, ११ फागुन २०८२

सारांश

  • धादिङको बेनीघाट रोराङमा बस दुर्घटना हुँदा एक जनालाई साढे ३ घण्टापछि उद्धार गरियो।
  • दुर्घटनामा च्यापिएका २७ वर्षीय कृष्णराज मानन्धरलाई जीवितै उद्धार गरी काठमाडौँ लगियो।
  • दुर्घटनामा १९ जनाको मृत्यु भएको छ, र घटनाको छानबिनका लागि कार्यदल गठन गरिएको छ।

काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित भैँसीगौडामा दुर्घटना भएको बसबाट एक जनालाई साढे ३ घण्टापछि उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा च्यापिएका २७ वर्षीय कृष्णराज मानन्धरलाई साढे ३ घण्टापछि जीवित उद्धार गरिएको धादिङका एसपी सुमित खड्काले रातोपाटीलाई बताए ।

ललितपुरको इमाडोल घर भएका मानन्धरलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी खड्काले जानकारी दिए । खुट्टा च्यापिएर बसमा अड्किएका खड्कालाई सुरक्षाकर्मीले मेसिनले बसको भाग काटेर निकालेको हो ।

दुर्घटनामा परेर १९ जनाको मृत्यु भएको छ । घटना छानबिन गर्न गृह  मन्त्रालयले कार्यदल गठन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप