जय ट्रफीमा आर्मीविरूद्ध बागमतीको राम्रो प्रदर्शन, एपिएफसँग पुलिसका स्पिनर चम्किए
काठमाडाैँ । स्पिनरद्वय ललित राजवंशी र सागर ढकाल चम्किएपछि नेपाल पुलिस क्लव जय ट्रफी मेन्स इलाइट कपको दोस्रो खेलमा एपिएफमाथि दबाब बनाएको छ । कुल चार टोलीले प्रतिष्पर्धा गर्ने जय ट्रफीमा पुलिसले पहिलो खेलमा त्रिभूवन आर्मी क्लवसँग हार बेहोरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा स्पिनर चम्किएपछि पुलिसले एपिएफमाथि दबाब बनाएको हो । यद्यपि, पहिलो दिनको खेल सकिँदा पुलिस ६ रनले पछि छ । अर्को खेलमा आशुतोष घिरैया र ईशान पाण्डेको अर्धशतकमा बागमती प्रदेशले त्रिभूवन आर्मी क्लवलाई चुनौती दिएको छ ।
जितबाट दोस्रो संस्करणको शुरुवात गरेको आर्मीले बागमतीविरुद्ध भने उत्कृष्ट बलिङ प्रदर्शन गर्न सकेन । पहिलो दिनको खेल सकिँदा आर्मी ६८ रनले पछाडि छ । आशुतोष र ईसानले अर्धशतक बनाएपछि बागमतीले २६९ रनमा सात विकेट गुमाउँदा इनिङ समाप्तीको घोषणा गर्याे।
यस खेलमा बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका छन् । उनले अघिल्लो खेल भने खेलेका थिएनन् । आर्मीले पहिलो इनिङमा तीन विकेट गुमाउँदै १९३ रन बनाएको छ । सन्तोष कार्की ४३ रनमा र बसेर अहमद पाँच रनमा ब्याटिङ गरिरहेका छन् ।
भीम सार्कीले दोस्रो खेलमा नि उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो खेलमा शतक प्रहार गरेका थिए । बागमतीविरुद्ध पनि भीमले ७४ रनको इनिङ बनाए । उनले ८३ बलमा छ चौका र दुई छक्का प्रहार गरे । त्यसअघि ओपनर तृतराजले दासले ३८ रनको योगदान दिए । फोनको इनिङमा तीन चौका र दुई छक्का रह्यो ।
बागमतीको बलिङमा सन्दीप लामिछाने, रिजन ढकाल र विपिन आचार्यले समान एक विकेट लिएका छन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको बागमतीले २५९ रनमा इनिङ समाप्तिको घोषणा गरेको थियो । आशुतोषले ७७ रन र इशानले ६९ रन बनाएपछि बागमतीको इनिङ बलियो बन्यो । मध्यक्रमका ब्याटर विवेक मगरले ३१ रन जोड्दै साथ दिए । आर्मीको बलिङमा साहब आलमले तीन तथा नरेन साउथले दुई, कुशल मल्ल र बसिर अहमदले समान एक विकेट निकाले ।
अर्को खेलमा पुलिसका ललित र सागरले समान चार विकेट लिएपछि एपिएफ १८५ रनमा नै अलआउट भयो । अर्का स्पिनर कुशल भुर्तेलले दुई विकेट लिए । पुलिस १७९/५ को अवस्थामा छ । विकेटकिपर दिलसाद अलीले ५८ रनको अर्धसतकीय इनिङ बनाए । अमित श्रेष्ठले ४१ रन जोड्दा शंकर राना ४८ रनमा नटआउट छन् । ओपनर कुशल भुर्तेलले २२ रनको योगदान दिए । पुलिसको तीन विकेट इर्साद अहमद, अभिशेष गौतम र युवराज खत्रीले लिए । टस जितेर नेपाल पुलिस क्लवले एपिएफलाई ब्याटिङको निम्तो दिएको थियो । एपिएफ ६३.४ ओभरमा १८५ रनमा समेटियो । सुरुवात मध्यम रह्यो ।
आसिफ शेख १२ रनमा आउट भए । दीपक बोहोरा २८ रन बनाएर पभेलियन फर्किए । कप्तान रोहित पौडेलले आक्रामक ब्याटिङ गर्दै ४८ बलमा ४५ रन जोडे । उनको इनिङमा ९ चौका रह्यो । सन्दीप जोरा १० रनमा आउट भएपछि एपिएफ दबाबमा परेको थियो । त्यसपछि सुमित महर्जनले १०० बलमा ५५ रन बनाए ।
उनले पाँच चौका र तीन छक्का प्रहार गरे । तर, अन्य ब्याटरले लामो साथ दिन सकेनन् । भूवन कार्की ४, लोकेश बम ४, अमर राउटेला ८, अभिशेष गौतम शुन्य र युवराज खत्री १६ रनमा आउट भए । इर्शाद अहमद शुन्य रनमा अविजित रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण