टी–२० विश्वकप: वेस्ट इन्डिजको सानदार जित, जिम्बाब्वे १०७ रनले पराजित
सारांश
- आईसीसी पुरुष टी-२० विश्वकपमा वेस्ट इन्डिजले जिम्बावेलाई १०७ रनले पराजित गर्यो।
- वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर २५४ रन बनायो।
- जिम्बावेले १७.४ ओभरमा १४७ रन मात्र बनाउन सक्यो र खेल हार्यो।
काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत आज भएको सुपर ८ को खेलमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रनको विशाल योगफल तयार पारेको थियो ।
वेस्ट इन्डिजका लागि शिमरोन हेटमायरले विष्फोटक ब्याटिङ गर्दै मात्र ३४ बलमा सात चौका र सात छक्काको मद्दतले ८५ रनको शानदार पारी खेले । यस क्रममा उनले मात्र १९ बलमा अर्धशतक पूरा गर्दै वेस्ट इन्डिजका लागि टी–२० विश्वकपमा सबैभन्दा छिटो अर्धशतक बनाउने आफ्नै कीर्तिमान तोडे । उनलाई कप्तान रोभमन पावेलले उत्कृष्ट साथ दिँदै ५९ रन बनाए। यी दुईबीच मात्र ५२ बलमा १२२ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। अन्त्यतिर शेर्फेन रदरफोर्डले अविजित ३१ तथा रोमारियो शेफर्डले २१ रन जोड्दै टोलीलाई विशाल स्कोरसम्म पुर्याए ।
२५५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेको टोली १७.४ ओभरमा १४७ रनमा अलआउट भयो। जिम्बाब्वेका लागि आठौँ नम्बरमा ब्याटिङ गर्न आएका ब्राड इभान्सले २१ बलमा ४३ रनको संघर्षपूर्ण पारी खेले पनि त्यो जितका लागि पर्याप्त भएन। अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
यससँगै वेस्ट इन्डिजले सुपर–८ काे खेलमा शानदार जित दर्ता गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण